२७ वर्षदेखि फरार अभियुक्त आज पक्राउ I

गौशाला, फाल्गुन २३ ,

ज्यानमार्ने डाँका मुद्दामा २७ वर्षदेखि फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरपुर–२ बस्ने केदार मिश्र रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । 

जिल्ला अदालत महोत्तरीले मिश्रलाई २०४३ साल वैशाख १९ गतेका दिन खुनडाँका मुद्दाअन्तर्गत २० वर्ष कैद तोकेमा उनी फरार रहँदै आएका थिए । आज बिहान ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक एकवाल हवाडीको नेतृत्वमा खटिगएको विशेष प्रहरी टोली मिश्रलाई घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए । 

पक्राउ परेका मिश्रलाई आजै जिल्ला अदालत महोत्तरीमा उपस्थित गराई कारागारमा पठाइने तयारी भइरहेको बताइएको छ । जिल्ला प्रहरीले केही दिनदेखि विभिन्न मुद्दाका फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान चलाएको छ भने अहिलेसम्म वर्षौंदेखि फरार रहेका छजनालाई पक्राउ गरिसकेको छ ।रासस: 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com