एचआईभी संक्रमितद्वारा ‘आफ्नै खुराक’ उत्पादन I

अर्घाखाँचीका चैत्र १०, 

अर्घाखाँचीका एचआईभी संक्रमितले औषधिभन्दा अघिको खुराकका लागि ‘सर्वोत्तम पिठो उद्योग’ संचालन गरेका छन् । 

खाली पेटमा खान नहुने एचआईभी विरुद्धको औषधि एआरटी खानुअघिको खुराकका लागि अर्घाखाँचीका एचआईभी संक्रमित मिलेर ‘सर्वोत्तम पिठो उद्योग’ सञ्चालन गरेका छन् । एचआईभी संक्रमितद्वारा उत्पादित सर्वोत्तम पिठो । तस्वीरः प्रेमनारायण आचार्य राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुबाट एआरटी खोनहरुलाई निःशुल्क रुपमा वितरण गरिंदै आएको पिठो दिइन छाडेपछि उनीहरुले नेपालभरकै एचआईभी संक्रमितहरुलाई लक्षित गरी सर्वोत्तम पिठो उद्योग स्थापना गरेका हुन् । 

“एचआईभी संक्रमितहरु मिलेर सर्वोत्तम पिठो उद्योग संचालन गरेका छौँ, अब पिठोको लागि सरकारको मुख ताक्नु पर्दैन,” सन्देश सहयोग समूह अर्घाखाँचीकी कोषाध्यक्ष पार्वता बन्जाडेले भनिन् । समूहले अर्घाखाँची जिल्लामा नै उत्पादित अन्न तथा गेडागुडी (भटमास, गहुँ, चना र मकै)बाट सर्वोत्तम पिठो उत्पादन गरिरहेको छ । 

सन्देश सहयोग समुह अर्घाखाँचीले जिल्ला विकास समिति अर्घाखाँची, जिल्ला एड्स समन्वय समिति र सक्रिय सेवा समाजको सहयोगमा ‘सर्वोत्तम पिठो उद्योग’ सञ्चालनमा ल्याएको हो । सर्वोत्तम पिठो उत्पादनको काम हुँदै । तस्वीरः प्रेमनारायण आचार्य सन्धिखर्क-६ स्थित उद्योगले दैनिक १५० केजी उत्पादन गर्ने पिठो पाल्पा, रुपन्देही, कपिलवस्तु र स्याङजामा पनि वितरण हुने गरेको छ । 
प्रेमनारायण आचार्य, अर्घाखाँची

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com