गजलकार कल्पनाको गजल संग्रह ' भावनाका भेलहरु ' पुरस्कृत I

चितवन फागुन १९, 

गजलकार कल्पना पौडेल जिग्यासुको गजल सङ्र्ह ' भावनाका भेलहरु ' पुरस्कृत
कल्पना फाउन्डेसन द्वारा गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग

कल्पना : कल्पना पौडेल (जिज्ञाशु): रोजगारीको शिलशिलामा बिगत सात बर्ष देखि मध्य पुर्व इजरायलमा कार्यरतनवलपरासी   गैडाकोट ४ कि गज़लकार कल्पना पौडेल जिज्ञासुको पहिलो गज़ल संग्रह ' भावनाका भेलहरु ' हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनबाट पुरस्कृत भएको छ। 

फागुन १७ गते '' हाम्रो मझेरी साहित्य प्रतिष्ठान '' भरतपुर चितवनले आयोजना गरेको स्रष्टा सम्मान एक भव्य साहित्यिक कार्यक्रमका विच पौडेलको गजल सग्रहलाई सम्मान गरेको थियो । उक्त कार्यक्रम मा पौडेलको अनुपस्थितिमा उहांको कान्छो छोरा संकल्प शर्माले गजलश्री पुरस्कारसंगै सम्मान ग्रहण गर्नु भएको थियो ।
 
गजल संग्रह भावनाका भेलहरु बिक्री गरेर आएको रकम बाट केही पैसा सामाजिक कार्यमा लगाउने जिग्यासुको चाहाना अनुरुप उक्त गजल संग्रहबाट संकलित रकम मध्ये १० हजार रुपैया  कल्पना फाउनडेसनका सस्थापक सदस्य  मान बहादुर थापा ले  गामवेसीको चेपाङ संरक्षण केन्द्रका 
 अध्यक्ष के पि किरण शर्मा लाई हस्तान्तरण गर्नु भयो ।

थापाले मन्तब्यमा बोल्दै कल्पना पौडेल जिग्यासु रोजगारीको क्रममा इजरायल प्रवेश गर्नुभन्दा पहिला चितवनमा रहेका सडक वालवालीकाहरूलाई जम्मा गरेर आफनै खर्चमा  निशुल्क पढाउने , सरसफाई गर्न सिकाउने गरेको र इजरायलवाट फर्किएपछी पनि आफुलाई सामाजीक कार्यमा विशेषत वालवालीकाहरूको सेवामा व्यस्त राख्ने सोच भएको हुँदा कल्पना फाउन्डेसन नामक संस्था समेत स्थापना गरिसकिएको र  फाउन्डेसनका संस्थापक अध्यक्ष कल्पना पौडेल जिज्ञासुजी रहेको कुरा यसै फाउनडेसनका सस्थापक सदस्य मान बहादुर थापा ले स्पस्ट पार्नु भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com