गज़ल : By, कोमल भट्ट


गज़ल : 

पूजा गर्न योग्य नारी,हुनुहुन्थ्यो मेरी आमा
मुटु भन्दा धेरै प्यारी,हुनुहुन्थ्यो मेरी आमा

ठान्नुभयो आफू जस्तै,संसारका प्राणी सबै
जन्मै देखि शाकाहारी,हुनुहुन्थ्यो मेरी आमा

सोच्नु भेन कसैको नि,कुभलो र विगार कहिल्यै
अति उच्च सदाचारी,हुनुहुन्थ्यो मेरी आमा

अन्याय र अत्याचारको,लाग्नु भयो विपक्षमा
खोज्ने सधैँ इमान्दारी,हुनुहुन्थ्यो मेरी आमा

गर्नु भयो आदर सत्कार,गुरुजन र मान्यजनको
सरल,शिष्ट,आज्ञाकारी,हुनुहुन्थ्यो मेरी आमा

कहाँ देख्नु अव मैले,झलमल्ल मुहार त्यो
देवी जस्तै महातारी,हुनुहुन्थ्यो मेरी आमा

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com