गजल : By, रोशन खड्का



गजल : 

हुलाकीले दे'को मलाई एक सेतो खाम थियो। 
खाम खोली हेर्दा मेरै सक्दो बद नाम थियो।

पल भरमै निष्ठूरीलाई भेटूँ भेटूँ जस्तो लाग्यो। 
दुर्भाग्यवस् नेपालमा आजै चक्का जाम थियो। 

उन्ले हिड्ने मैंले हिड्ने बाटो बेग्लै भएपछी।
कुरा काट्न समाजलाई भरिपूर्ण ठाम थियो।

जिन्दगीले साथ छोड्दा समाएछु आँधी हुरी। 
उडिरहेँ वादल् पारी जहाँ कालो घाम थियो।

तिमी मेरो जीवन् देखी अनायासै टूटी जाँदा। 
छाती भरि निल थियो पोली र'ने डाम थियो।

खोज्दै गर ईतिहाँसमा भेट्न पनी सकिने छ। 
गजलकारको जन्म थलो, दोलखा थ्यो अछाम थियो।

 रोशन खड्का
 सहरे 8 दोलखा।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com