विवादमा रहेका सहारा प्रमुखको मुखमा मसी छ्यापियो I

मुम्बई फाल्गुन २० ,

भारतको विवादास्पद कम्पनी सहारा प्रमुखको मुखमा एकजनाले मसी फ्याँकेका छन् । उनलाई मंगलबार सर्वोच्च अदालतमा ल्याइदै गर्दा एक व्यक्तीले उनको मुखमा मर्सी फ्याकेका हुन् । अदाललते तोकेको दिन उपस्थित नभएका कारण प्रहरीलाई उनलाई केही दिनअघि पक्रेको थियो । 

उनको कम्पनीले लगानीकर्तालाई २० हजार करोड रुपैयाँ फिर्ता दिनुपर्ने विवादमा मुद्दा जारी छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मर्सी फ्याक्ने व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनोज शर्मा नाम गरेका ती व्यक्तीले, 'यो चोर हो भन्दै रोयको मुखमा मसी छ्यापेका थिए ।' ती व्यक्तीले आफू वकिल भएको बताएका छन् । सर्वोच्च अदालतमा भएको बहसमा सहभागी हुन नआएपछि रोयलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

उनले आमा बिरामी भएका कारण अदालतमा उपस्थित हुन नसकेको बताएका छन् । भारतमा चर्चित कम्पनी सहारा भारतीय राष्ट्रिय टोलीको पूर्व मुख्य प्रायोजक थियो । उसको नाममा न्यूयोर्कमा प्लाजा होटल र लण्डनमा ग्रसभेनर हाउस छ । सहाराको कूल सम्पति ११ विलियन डलर मूल्यांकन गरिएको छ । सहारासँग ३६ हजार एकड जमिन छ । एजेन्सी  : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com