मधेसी खोज्दै नेपाली सेना I

सर्लाही चैत्र १३, 

चूडामणि वाग्ले : सर्लाहीको नवलपुर स्थित नेपाली सेनाको रिपुमर्दन गणले मधेशी युवालाई सेनामा आउन आव्हान गर्दै माइकिङ गरेको छ । मधेशी युवालाई लक्ष्य गरी भर्ना खोलिए पनि पर्याप्त निवेदन नपरेकोले विभिन्न स्थानमा गएर प्रचार प्रसार गरिएको गणले जनाएको छ । 

गणले विभिन्न पदमा १ सय ५६ जना माग गरी फागुन ८ गतेदेखि दरखास्त फारम खुला गरेको थियो । सामान्य भर्ना समय चैत ७ गतेसम्म रहे पनि चैत्र १४ गतेसम्म दोव्वर दस्तुर तिरेर दरखास्त दिन सकिने प्रावधान छ । सैन्य र नाउ पदतर्फ दलित, जनजाति, मधेशी, महिला, पिछडिएको क्षेत्रका लागि आरक्षण कोटा पनि राखिएको छ । पहाडी समुदायका मानिस प्रयाप्त आएका भए पनि मधेसका कम आएकाले उनीहरुलाई प्रोत्साहन गर्न वढी प्रचार प्रसार गरिएको सेनाको भनाई छ । 

मधेसीको लागि करिव १९ जनाको कोटा भए पनि हालसम्म करिव १ सय ५० जना मात्र मधेसी समुदायका मानिसले आवेदन दिएका छन । पहाडी समुदायवाट भने ११ सय भन्दा वढीले आवेदन गरेको वुझीएको छ । दक्षिणी क्षेत्रका स्थानमा वढी मधेसी समुदायको वसोवास रहे पनि माइकिङ मिश्रित वसोवास भएको उत्तरी क्षेत्रमा गरिएको छ । तर सेनाले पत्रपत्रिका र दक्षिणी क्षेत्रका रेडियोवाट पर्याप्त प्रचार गरिएको दावी गरेको छ । बजारमा जिल्लाका सवै क्षेत्रका मानिस आउने भएकाले माइकिङ गरिएको सेनाको भनाई छ । सेनाले इश्वरपुर, हरिवन र लालवन्दी क्षेत्रमा माइकिड. गरेर नागरिकलाई प्रत्यक्ष जानकारी गराईरहेकोे वताएको छ । 

नेपाली सेनाले तराईको जिल्ला भएकाले मधेसीलाई वढी लक्षित गरी नवलपुरमा भर्ना खुल्ला गरेको हो । मधेशमा लक्षित गरेर प्रसस्त प्रचार गर्दा पनि आवेदन न्युन आएकोमा नेपाली सेनाले चिन्ता व्यक्त गरेको छ । मधेशमा नेपाल प्रहरी र शसस्त्र प्रहरीमा जान प्रयाप्त रुची देखिए पनि नेपाली सेनामा जान भने युवाहरु अनिच्छुक देखिएको वताइएको छ । (नेपाल समाचार पत्र)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com