कबि-स्व स्वप्निल स्मृति
ठेगाना: पाँचथर, स्याबरुम्बा-४ स्वाबुङ
प्रकशित कृतिहरु: रङगैरङको भीर-२०६२, बाडुली र सुदूर सम्झना-२०६८
\\बालुवाटार//
यस्तो पिकनिक स्पट हो बालुवाटार
मानौ, देशको नक्सा भित्र पर्दैन त्यो।
सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एकदाना अनाज उब्जदैन
फगत्! खेती हुन्छ झूठको
फगत! मौलाउँछ नीलकाँडा षडयन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो।
आगलागी भैइरहेछ मानिसका मन-मनमा
भागदौड मच्चिरहेछ सारा गाउँसहरमा
मानौं, बालुवाटार बिस्वको मानचित्रमै पर्दैन
जहाँ चलिरहेछ निरन्तर नाँचगान
मादक डढेलो उठिरहेछ मनोरञ्जनको
जुद्द बारुणयन्त्र लगातार निभाईरहेछ
बिदेशी रक्सी सल्किएको मन्त्रीहरुको टाउको
'कक्टेल'मा मदहोस प्रधानमन्त्री
र्याप हानिरहेछ 'शान्ति! शान्ति!'
हुरी हुनहुनाइरहेछ भूगोलको कुना कुना
चारैतिर मडारिइरहेछ रूखपात, ब्बुट्ट्यानहरु
बालुवाटारको आकाशै छोपिनेगरी
भुँवरी उठिरहेछ प्रत्येक बाह्रबजे
सरकार पछरिइरहेछ बालुवामा हरुवा गोरुझैं डुङडुङती
तर सरकार,,,,,,
यस्तो पिकनिक स्पट हो बालुवाटार
मानौ, तिम्रो देशको नक्साभित्र पनि पर्दैन त्यो।
[नोट: प्रस्तुत कबिता काब्य संग्रह "बाडुली र सुदूर सम्झना" बाट साभर गरिएको हो।]