गजल : By, "खुशी"



गजल :

चीरा चीरा पर्या छाती,चर्की दुख्छ कुनाकानी 
बिरहमा  लेख्या रैछौ ,दैब मेरो  जिन्दगानी

एकै पल शान्ति छैन ,मन मुटु काम्छ सँधै 
सुनाउ त सुनाउ काँ ,पिरै पीरको काहानी

गोधुलीमा धूम्मलिन्छ,आशाहरु एकाएक 
छट्पटिमा रात बित्दा, रुझ्छ मेरो सिरानी

साथी संगी भन्ने गर्थे यौवनका तिन्का कथा 
आफ्नो भने पत्तै पाइन,कैले आई गयो जवानी

लिनु दिनु  केहि थेन,कर्म ठुलो सोच थियो 
'कल्पना'नै उल्टो गरें,पाएँ आज बदनामी

                  "खुशी"

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com