बंगलादेशका प्रमुख विपक्षी नेता जियाविरुद्ध मुद्दा I

ढाका चैत्र ६,

बंगलादेशका प्रमुख विपक्षी नेता खालेदा जियाविरुद्ध आउँदो महिना आर्थिक अनियमितताको मुद्दामा सुनुवाइ सुरु हुनेछ । उनी र उनका सहयोगीले ६ लाखभन्दा बढी अमेरिकी डलरबराबर नगद हिनामिना गरेको एक अदालतले जानकारी दिएको छ । उनी दुईपटक प्रधानमन्त्री भइसकेकी छन् । 

उनले त्यहाँ जनवरीमा भएको निर्वाचन बहिस्कार गरेकी थिइन् । अभियोग प्रमाणित भएमा उनलाई आजीवन काराबासको सजाय हुन सक्ने जानकारी राजधानी ढाकामा भ्रष्टाचार निवारण विशेष अदालतका वकिलहरूले दिएका छन् । सरकारी अधिवक्ताहरूले तत्कालीन प्रधानमन्त्री जिया तथा तीन अन्यले ३ करोड १५ लाख टाका उनको पूर्वपति तथा पूर्वराष्ट्रपति जियाउर रहमानको नाममा सञ्चालित लोकोपकारकारी संस्थाबाट लिएको भनेका छन् । रहमानको सन् १९८१ मा हत्या भएको थियो । मुद्दामा पाँच आरोपी छन् । 

जियाका जेठा छोरा तारिक रहमान पनि परेका छन् । रहमानले २ करोड १५ लाख टाका बराबर नगद हिनामिना गरेको बताइएको छ । यो रकम पूर्वराष्ट्रपति रहमानको नाममा अनाथालय बनाउन उपयोग गरिनुपर्ने सरकारी अधिवक्ता मुसर्रफ हुसेनले बताए । जियाका वकिल मसुद अहमद तालुक्दारले मुलुकको भ्रष्टाचार निवारण संस्थाले जिया तथा उनका परिवारलाई बर्बाद पार्ने षड्यन्त्रअनुरूप आरोप लगाएको बताएका छन् । 

अदालतले पनि सत्ताधारी दलको एक हाँगाको रूपमा काम गरेको, आरोपितलाई नसोधी अभियोग दर्ता गरेको र सरकारको आदेशमा अभियोग लगाइएको उनले आरोप लगाएका छन् । उनी बंगलादेशको मध्य-दक्षिणपन्थी नेसनालिस्ट पार्टीका नेता हुन् । उनको वर्तमान प्रधानमन्त्री सेख हसिनासँग राम्रो सम्बन्ध छैन । यो शत्रुता तीन दशक पुरानै हो ।

बीएनपीले जनवरीमा आयोजना गरिएको निर्वाचन बहिस्कार गरेको थियो । जियालाई घरैमा नजरबन्द गरिएको थियो । निर्वाचनमा बीएनपी तथा अन्य १८ दलले आफ्नो उम्मेदवारी दिन अस्वीकार गरेका थिए । हसिना तथा उनको अवामी लिगले अधिक मतले विजय हासिल गरेका थिए । एएफपी):

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com