इज़रायलमा विस्वानेपाले साहित्य महासंघ शाखाले कविता प्रतियोगिता सम्पन्न गर्यो : श्रीराम अधिकारि प्रथम I

तेल अभिव (इज़रायल) चैत्र २, 

नारिदर्पण  : विस्वनेपाली सहित्यमहा संघ इज़रायल शाखाले आयोजना गरेको खुल्ला कविता प्रतियोगिता हिजो १५ मार्च शनिबार का दिन तेल अभिव शहरको यसोभामाला-२० मा भव्यताका साथ सम्पना भएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई माया गरि निरन्तर कलम चलाउनु हुने साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई आझ प्रोत्साहन गर्दै साहित्यिको एकै आँगनमा समेट्दै बिनेसासले कविता प्रतियोगिताको आयोजना गरेको हो। इज़रायलमा रहेका साहित्यिक मनहरुलाई मात्र समेटी गरिएको यो आयोजना निकै नै सोहार्द्रता पूर्ण वातावरणमा सम्पन्न भए थियो । 

कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाकी अक्ष्यक्ष काजल घिमिरे (नानु) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यामा, नेपाली राजदुतावास इजरायलका काउन्सिलर तथा  उपनियोग प्रमुख खड्क प्रसाद दाहाल  तथा  नेपालबाट आउनुभएकी रिना श्रेष्ट अतिथी र इजरायलमा रहेका विभिन्न संघसंस्थाहरु र  मिडियाको उपस्थिति रहेको थियो । उक्त साहित्यिक कार्यक्रममा थुप्रैले कविता पठाई सहभागिता जनाए पनि नेपाल र केन्द्र बाट जम्मा दस उत्कृष्ट प्रतियोगीका कविता टप टेन मा छनोट भएको थियो र उनीहरुलाइ कार्यक्रममा प्रत्यक्ष कविता वचनमा समावेस गरिएको थियो । 

अनौपचारिक रुपमा कार्यक्रम संयोजक दिपेन्द्र थापाले सुरु गर्नु भएको साहित्यिक कार्यक्रममा निकै उत्साह जनक उपस्थिति रहेको थियो । राष्ट्रिय गाना संगै अघि बढेको कार्यक्रम आयोजक टीम द्वारा सुन्दर स्वागत गीत प्रस्तुत भएको थियो र त्यस्तै गरि स्वागत मन्तव्य संस्थाकी सह-सचिव सानु गुरुङले दिनु भएको थियो भने महासंघका उपाध्यक्ष कृष्ण कुमार रायमाझीले संस्था स्थापना देखि अहिले सम्मका साहित्यिक गतिबिधि र आगामी दिहरुमा साहित्यलाई अझ चुस्त र तन्दुरुस्त गर्दै अघि बढ्ने  बताउनु भयो । यसरी अनौपचारिक पाटो सकिए पछि उक्त साहित्यिक कार्यक्रमको औपचारिक पाटोलाई द्रुत गति संस्थाकी  महासचिव सुनिता राइ ले दिनु भएको थियो । 

विश्वनेपाली साहित्यमहासंघ इज़रयल शाखाले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा केन्द्रको प्रतिनिधित्व गर्दै केहि महिना अघि केन्द्रका बरिष्ट उपाध्यक्ष सागार श्रेष्ठ इज़रायल आउने तयारी भएपनि तत्काल केहि काम कार्यको व्यस्तताका बाजुत उहाँ आउन नसक्नु भएको हुँदा उहाँ ले अनुपस्थित पत्र र एक कविता उक्त कार्यक्रम मा प्रस्तुत गरिदिन अनुरोध सहित मेल मार्फत प्रेषित गर्नु भएको हुँदा त्यस अनुपस्थित पत्र र '' किन रोइ रहेछिन जननी '' शिर्षकको कविता को वचन साहित्य महासंघ शाखाकी महासचिव सुनिता राई ले कार्यक्रममा वाचन गर्नु भएको थियो ।

ऐतिहासिक रुपमा इज़रायलमै पहिलो पटक आयोजित कविता प्रतियोगिता निश्पक्षा र पारदर्शी बनाउन विस्वनेपाली साहित्य महासंघ इज़रायल शाखाले तीन प्रक्रिया द्वारा निर्णय लाइ अन्तिम रुप दिएको थियो । '' किन रोइ रहेछिन जननी '' र ''म अनि मेरो देश '' शिर्षक मा कविता प्रतियोगिता आयोजनाको स्वरुप करिब ७/८ महिना अघि बनेको थियो । आयोजकले यस सम्बन्धि समाचार प्रचार प्रसार गरि कविता संकलन गर्ने कार्य गरेको थियो । यसरि संकलित कविताहरुलाई आयोजकले निस्पक्ष र पारदर्शितालाइ ध्यानमा राखी अध्ययनको लागि नेपालमा इन्दिरा प्रसाई (उहाँ बारे डिटेल मुनि राखिएको छ) लाइ पठाइएको थियो भने केन्द्रमा विस्वनेपाली साहित्य महासंघकै महासचिव समदर्शी काइला  (उहाँ बारे डिटेल मुनि राखिएको छ)  लाइ पठाइएको थियो । यसरि निर्णाय गर्न   पठाइएको प्रतिस्पर्धीहरुको कविता नाम र ठेगाना नराखी मात्र सिरेल नम्बर राखेर पठाइएको थियो । 

नेपाल र सम्बन्धित केन्द्र बाट कविताको निस्पक्ष रुपमा स्तर, ओज, शुद्धता र मातृभूमीमा समर्पण शिर्षक सँग कति पिसिएको छ आदि कुराहरुको अध्ययन पछि निर्णायकले नम्बर दिइ पठाउनु भएको थियो र त्यो नम्बरलाइ इज़रायलमा प्रत्यक्ष तीन जना निर्णायक ज्यू हरु नेपाली साहित्य फाँटमा कलम चलाउन सफल साहित्यप्रेमीहरू इज़रायाल्का लागि नेपाल एम्बासीबाट उपनियोग प्रमुख खड्क प्रसाद दाहाल , कृष्ण पक्ष थापा (अनेसास-अध्यक्ष उहाँ कविता, कथा, गजल गीत आदिमा कलम चलाउनु हुन्छ) , र हरी मानान्धर (अनेसास-महासचिव, गजल, कविता, गीत संस्मरण आदिमा कलम चलाउनु हुन्छ) उहाँ हरुले निर्णायकको महत्वपूर्ण भूमीका निभाउनु भएको थियो । यसरि कवितालाइ निफन्ने कार्य त्रिकोणात्मक रुपमा भएको थियो ।

"किन रोईरहेछिन् जननी" र " म अनि मेरो देश " शिर्षक रहेको कविता प्रतियोगितामा सहभागीता जनाउने प्रतियोगीहरू श्री राम अधिकारी ,मिरा मन थापा , सुमन कार्की , लक्ष्मी अनुरागी , उषा न्यौपाने , राज्यवती त्रिपाठी , कल्पना पौडेल 'जिज्ञासु' ,  लिला सीटौला,  शान्ती  पाख्रिन , बिजे बद्रोही रार्इ र निर्मला खड्का रहेका थिए । अन्तिम निर्णयलाई प्रस्तुत गर्दै निर्णायक उपनियोग प्रमुख खड्क प्रसाद दाहाल र कृष्ण पक्ष थापा ले छोटो मन्तब्य राख्नु भएको थियो र साथै विस्वनेपाली साहित्य महासंघ शाखा इज़रायलाले गरेको यस साहित्यिक कार्यक्रमको प्रसंसा गर्नु हुँदै निर्णायकको महत्वपूर्ण भूमीका निभाउने अवसर प्रदान गर्ने  बिनेसास प्रति धन्यवाद तथा कविता प्रतियोगितामा बिजय र सहभागी सबैलाई बधाई दिनु भएको थियो । 
प्रतियोगितामा सहभागी प्रतियोगीहरुको  प्रस्तुति, शुद्धता,  शव्द , रचना तथा वाचन शैली आदिलाई हेरी दस प्रतिस्पर्धी बाट प्रथम श्रीराम अधिकारि, दितिय मीरा मन थापा र तृतीय सुमन कार्की हुनु भएको थियो भने सान्त्वनामा लक्ष्मी अनुरागी र  उषा न्यौपाने त्रिपाठीले प्राप्त गर्नु भएको थियो । प्रथम ,द्वितिय र तृतिय तिनै जनालाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले विश्व नेपाली साहित्य महासंघको लोगो अंकित ट्रफी र  प्रसंसा पत्र पुरस्कार राज्धुत महामहिमको हात बाट प्रदान गरेको थियो । 

उक्त साहितिक कार्यक्रमलाई केहि मनोरन्जनात्मक बनाउन बीच बिचमा राजकुमारी ओली, निशा खनाल अर्याल, साबि पाठक , मनु मन सिग्देल, सावित्र लुइँटेल, धर्मराज ओन्त आदिले विभिन्न कविता, गजल प्रस्तुत गरेका थिए भने मिना बान्तवा राइ (संस्थाकी सल्लाहकार तथा किराँत राई ययोख्खाकी अध्यक्ष) ले मिठो गीत र गजल पस्किनु भएको थियो र त्यस्तै गरि कमल पोख्रेल ले मिठो बसुरिको धून बजाई सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो । यसै क्रममा कविताको शिर्षक सँग सम्बन्धित एक एकांकी नाटकको अभियान अर्जुन जैसवालले निकै नै गहन प्रस्तुति दिएका थिए । 

नेपाली भाषा र साहित्यको प्रचार प्रसार पहिले पनि विदेश बाट नै भएको थियो, नेपाली भाषा र साहित्यलाई माया गर्ने सम्पूर्णमा विस्वनेपाली साहित्यमहासंघ इज़रयल शाखाले आयोजना गरेको यस कविता प्रतियोगिताको आयोजना गरि  यसलाई झक झक्यौदै अझ फराकिलो भंडिया राज्धुत महामहिले खुलेर प्रसंसा गर्नु हुँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु भैरहुन भनि शुभ-कामना व्यक्त गर्नु भयो ।

विस्वनेपाली साहित्यमहासंघ इज़रयल शाखाले आयोजना गरेको कविता प्रतियोगितामा सहभागीता जनाएका सम्पूर्ण प्रतियोगीहरुलाई धन्यवाद तथा बिजयीलाइ बधाई दिदै कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गर्दै उक्त साहित्यिक कार्यक्र सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद तथा आभार  व्यक्त गर्दै संस्थाकी अध्यक्ष काजल घिमिरे (नानु) ले साहित्यिक कार्यक्रमको समापन गर्नु भयो ।

 नेपाल र केन्द्र का निर्णायक बारे छोटो जानकारी तल . . . . 

१] नेपाल बाट इन्दिरा प्रसाई ज्यू हुनुहुन्थियो , , , 
संस्थापक तथा अध्यक्ष _ 
नइ प्रकाशन (२०५२ देखि) 
त्रिमूर्ति निकेतन (२०६३ देखि )
बालकृष्ण सम फाउन्डेशन (२०५२-२०६५)

उपकुलपति
सीताराम प्रज्ञाप्रतिष्ठान (२०५१ देखि)

संस्थापक तथा उपाध्यक्ष
लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान (२०५३-२०६५)
त्रिमूर्ति निकेतन (२०६१ देखि २०६३) 
लेखनाथ पौडयाल काव्यसभा (२०६३-२०६५)

संस्थापक तथा सदस्यसचिव
कोइलीदेवी सङ्गीतकोष (२०५७ देखि २०६५)
चन्द्रधन प्रज्ञामन्दिर (२०६१ देखि २०६७)

प्राध्यापन:
महेन्द्र मोरड आदर्श बहुमुखी क्याम्पस, विराटनगर (२०४७-२०५१)
पशुपति बहुमुखी क्याम्पस, काठमाडौं (२०५६ देखि)

अनुभव:
गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष (२०६२)
श्री ५ को सरकारको सल्लाहकार (२०६२-२०६३)

प्रकाशित कृति
कथासङ्ग्रह
१. मन सायद उघ्रूदैन (२०५१)
२. बयान (२०५५)
३. दोस्रोसता (२०६२)

उपन्यास :
४. विश्वामित्र (२०५५)
५. रनमाय (२०५८)
६. शिखा (२०५९)
७. उसको लोग्ने र बिरालो (२०६०)
८. The Husband & the Cat (2005 AD)

कवितासङ्ग्रह :
९. बाईपङ्खी घोडा (२०५७)
१०. तिमी हुनुको (लामोकविता : २०५७)
११. नेपाल न्यूज डट कम (२०५९)
१२. माल्दाइलाई चिठी (२०६१)
१३. ए समुद्र ! (लामोकविता : २०६३)

समीक्षात्मक पत्रनिबन्ध
१४. प्रिय नरेन्द्र (२०६१)

जीवनीमूलक निबन्ध
१५. मेरी सासू (२०६५)

अनुवाद :
१६. मेरा जीवन : मेरी कहानी (२०५४) नेपालीभाषाबाट हिन्दीभाषामा

सम्पादन :
१७. भारती खरेल : सृजना र समीक्षा (२०५२)
१८. पौरखी पुरुष (२०५२)
१९. एउटा अमर प्राज्ञ : बालकृष्ण सम (२०५४)
२०. रुद्रराज पाण्डे : सृष्टि र दृष्टि (२०५४)
२१. गणेश गुरु : साधनादेखि समाधिसम्म (२०५४)
२२. भूपाल अर्चना (२०५५)
२३. उकाली ओरालीहरूमा तारादेवी (२०५६)
२४. ईश्वर बराल : कृति र कीर्ति (२०५७)
२५. श्री ५ वीरेन्द्रको बहुआयामिक व्यक्तित्व (२०५७)
२६. सङ्गीतशिरोभूषण : नातिकाजी (२०५८)
२७. ईश्वरवल्लभ : आयाम र आकृति (२०५९)
२८. कमल दीक्षित : कालो अक्षरदेखि सग्लो अक्षरसम्म (२०६०)
२९. मिश्रका कृति : कविका दृष्टि (२०६०)
३०. त्रिमूर्ति निकेतन (२०६०)
३१. शरदचन्द्र भट्टराईको इतिवृत्त (२०६२)
३२. देवकोटा शताब्दी कविता (२०६६)
३३. देवकोटा राष्ट्रिय चिन्तन (२०६६)

पत्रिका सम्पादन :
१. कथाक्रम त्रैमासिक (२०४१-२०४३)
२. प्रज्ञापत्र मासिक (२०५२-२०५५)
३. भानुमोती वाषिर्क (२०५५ -२०६३)

पुरस्कार :
१. युवावर्षमोती पुरस्कार (२०५१)
२. मैनाली कथा पुरस्कार (२०५२)
३. राष्ट्रिय प्रतिभा पुरस्कार (२०५२)
४. राष्ट्रिय गौरव युवासम्मान (२०५३)
५. भानुभक्त सम्मान (२०६२)
६. भद्रकुमारी घले सम्मान (२०६४)
७. दीपज्योति सम्मान  (२०६७)
८. देरुनीख पुरस्कार (२०६७)

विभूषण :
१. गद्दीआरोहणको रजत महोत्सव पदक (२०५३)
२. प्रबल गोरखादक्षिणबाहु (२०५८)
३. वीरेन्द्रऐर्श्वर्य सेवापदक (२०५८)

२] विस्वनेपाली साहित्य महासंघ केन्द्र बाट _ समदर्शी काइला ज्यू हुनुहुन्छ . . . . 

क. प्रवर्तक : बहुरंगबाद 
ख. महासचिव : विस्वनेपाली साहित्य महासंघ 
पुस्तक : म अमेज़न्को उकालो बग्छु ' _ यो एम फिल को सन्दर्भ पाठ्य पुस्तकमा समाबेश छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com