काठमाडौं चैत्र ९,
मनिषा रायमाझी : चिटिक्क मिलेको कपाल सुन्दरताको प्रतीक हो । कपालको स्याहार सुसार गरियो भने मात्र यसमा देखिने समस्या न्युनीकरण हुन्छन् ।
कपाल झर्ने, हाँगा फाटने, कपाल चाडो नबढ्नेजस्ता समस्या झेलिरहनुपरेको छ भने त झन् कपालप्रति अझ बढी ध्यान पु¥याउनु पर्छ । दिन प्रतिदिन प्रदूषित बन्दै गएको वातावरणबाट कपाललाई बचाउन हामीले निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
साधारण कपालका लागि
– अण्डाको पँहेलो भाग लगाएर नुहाउने ।
– हप्तामा एकपटक मनतातो तेलले मसाज गरी नुहाउने, यसले गर्दा कपालमा हाँगा फाट्न पाउदैन ।
– क्रिमयुक्त दहीको प्रयोग गर्ने, कपाललाई अनुकुल स्याम्पुको प्रयोग गर्ने ।
– प्राय ट्रिटमेन्ट गरिरहने, अण्डा, फलफूल, हरियो सागपात खाने , पानी बढी पिउने ।
सुख्खा कपालका लागि
–यस्तो कपाललाई घामबाट जोगाउने, कम्तीमा महिनाको एकपटक स्ट्रिम गरी हाँगा काट्ने ।
– मेथीको पेष्ट बनाएर कपालमा लगाइरहने । नुहाउनुअघि कपालमा आयल मसाज गर्ने, जसले सुख्खा कपाललाई सिल्की र वेटी बनाएर झर्न बाट बचाउछ ।
– जथाभावी मेहन्दी र रंग प्रयोग नगर्ने । दही, ओलिभ तेल र सिकाकाई मिसाएर बनाएको पेष्ट कपालमा लगाएर नुहाउने गरेमा कपाल स्वस्थ र आर्कषक देखिन्छ ।
– हर्बल स्याम्पुको प्रयोग गर्ने ।black-hair-beautiful-girl
चिल्लो प्रकारका कपालका लागि
– ओयली हेयर स्याम्पुको प्रयोग गर्ने, सकेसम्म कपालमा तेल नै नलगाउने, लगाउनै परेका हल्का मात्रामा लगाउने ।
– कपालको जरामा कागतीको रस १५ मिनेट राखेर पखाल्ने ।
– कागतीको रस, अमलाको पाउडर र हर्बल मेहन्दीको पेष्ट बनाएर २० मिनेट कपालमा लगाएर पखाल्ने । यसो गर्दा कपालमा आउने चिल्लोपना कम हुने गर्छ र कपाल स्वस्थ पनि हुन्छ ।
– नीमको पातको पेष्ट हप्तामा कम्तीमा एकपटक प्रयोग गर्ने ।