कुन पौष्टिक तत्वले के काम गर्छ !

काठमान्डू चैत्र ९,

स्वास्थ्य रहन यी कुराहरु बारे जानकारी भए अझ उत्तम . . . .

१.     कार्बोहाइड्रेट
–     शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।
–     यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।
–     एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
 
२.     प्रोटिन
–     कोष÷कोषिकाहरूको बृद्धि विकास गर्छ ।
–     खिइएको कोष÷कोषिकाहरूको मर्मत–सम्भार गर्छ ।
–     समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ ।
–     एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
 
३.    चिल्लो
–     शक्ति प्रदान गर्छ ।
–    छालाको हेरचाह गर्छ ।
–     थोरै मात्राले धेरै शक्ति दिन्छ ।
–     भिटामिनहरू जस्तैः ‘ए, डी, ई, के’लाई शरीरभित्र सञ्चालन गर्दछ ।
–     एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
 
४.    भिटामिन
–     यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन् ।
 
भिटामिन ‘ए’
–    स्वस्थ आँखाका लागि
–    छालाको हेरचाहका लागि
–    शारीरिक बृद्धि विकासका लागि
–    अन्य रोगको आक्रमणबाट बचाउन ।
 
भिटामिन ‘डी’
–    शरीरको हड्डी बलियो पार्न
–    रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
–    क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।
 
भिटामिन ‘ई’    
–    शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
–    रातो रक्त कोष बनाउन
–    भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
–    कोष÷कोषिकाहरू नष्ट हुन नदिन ।
 
भिटामिन ‘के’    
–    शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
–    घाउ–चोट निको पार्न
–    हड्डी बनाउन ।
 
भिटामिन ‘बी’  
–    कमजोरी र थकान कम गर्न
–    रुचि बढाउन
–    बेरी–बेरी हुन नदिन
–    झाडा–पखला र पेलाग्रा हुन नदिन
–    स्मरण शक्ति कायम राख्न ।
 
भिटामिन ‘सी’
–    गिजा सम्बन्धी रोग हुन नदिन
–    छालाभित्र रगतका कोषिका फुट्न नदिन
–    रक्त अल्पताको कमी गर्न
–    विभिन्न रोगको प्रतिरोध गर्न
–    लामो समयसम्म निरोगी राख्न ।
 
५. खनिज तत्व
क्याल्सियम
–    हड्डी बलियो पार्न
–    दाँत बलियो पार्न
–    मांशपेशी चलमलाउन ।
 
फलाम
–    शरीरभित्र रगत बन्न
– रक्त अल्पत्ताको कमी गर्न
– शारीरिक बृद्धि विकास गर्न
– रुचि बढाउन
– विभिन्न रोगबाट बचाउन
– शरीर स्वस्थ राख्न ।
 
आयोडिन  
– शरीर सुस्त हुन नदिन
– शरीर फुर्तिलो पारिरहन
– गलगाँडबाट बचाउन
– लाटो, लठेब्रो हुन नदिन ।
 
फ्लोरिन
– दाँतलाई स्वस्थ राख्न
 
६. पानी
 
– सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पु¥याउन
– शरीरको फोहोर–मैला बाहिर निकाल्न
– शरीरमा तातोपना कायम राख्न ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com