इज़रायल चैत्र ९,
विश्वनेपाली साहित्य महासंघ इज़रयल शाखाले १५ मार्च २०१४ मा सम्पन्न गरेको कविता प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय (क्रमश: श्रीराम अधिकारि, मीरा मन थापा, सुमन कार्की) हुन सफल कविता यस प्रकार रहेका छन् . . .

१) प्रथम : श्रीराम अधिकारि
शिषक - किन रोई रहेछिन जननी ?
रोल्पा रुकुम दुखेर होकी
कोशी गण्डकी सुकेर हो
खै कस्तो सुर्ता पर्यो कुन्नी
न्याउरो अनुहार पारेर
रोई रहेछिन जननी ।
देख्नेहरुले गल्ती देखे
या सुन्नेहरुले उल्टो सुने
अतित बल्झियो अरे
सपना अल्झियो अरे ।
त्यसैले
नियतिको दोशाँधमा
एकोहोरो टोहोलिदै
रोई रहेछिन जननी ।
दश बर्षसम्म
मेरी आमाको आँखामा
क्रान्तिको कालो पट्टी बाँधेर
निर्घात चुटेछन्
लुट्नु लुटेछन्
आफ्नै सन्ततीहरुले ।
खै के स्वार्थ थियो
या त क्रान्ति ब्यर्थ थियो ।
कोशी बगरमा गाडीएका
बग्रेल्ती लासहरुमाथि कुल्चिदै
नयाँ नेपालको सँखघोष गर्ने
कपुतहरु देखेर
रोईरहेछिन जननी ।
संघियताको कालो चस्माले
खै के देखेछन कुन्नी
कोही शिर काट्दैछन्
कोही हात छाट्दैछन्
त कोही पाउ भाच्दैछन्
गुहार्छिन आमा, चित्कार्छिन आमा
तर सुन्दैनन् कोही
को हो शोषक ?
बोल्दैनन् कोही
टनकपुर दुखेर होकी
कर्णाली सुकेर हो
रोई रहेछिन जननी ।
आमा पाल्छु भन्नेहरु
बैरी ढाल्छु भन्नेहरु
महिषासुर भएपछी
आजभोलि
देबताहरु त्रसित छन् ।
दानबहरुबाट ग्रसित छन् ।
त्यसैले
पशुपती मौन छ
लुम्बिनी उदास छ
दैत्यहरुको तमासा देख्ने
एउटै मात्र साछी
स्वयम्भु पनि अमुक छन ।
बालुवाटार निदाएर होकी
दक्षिणी हावा सुसाएर हो
रोई रहेछिन् जननी ।
हीमाली हावा रोक्न खोज्नेहरु
पहाडी छाती जोख्न खोज्नेहरु
र,तराइ मुटु टोक्न खोज्नेहरु
यि तीन आबेगहरुले
आमाको गर्भासय भित्र
हस्ताक्षर गरेपछी
चार कोशे झाडिभित्र
आमालाई बलत्कार गरे
मन भित्र शासनको अहंकार भरे ।
आफ्नै बाट लुटिएपछी
अंगअंग सबै छुट्टीएपछी
अपाङ्गता ब्यहोर्दै
घिस्रिनु परेपछी
मनभरी घृणाहरु पाल्दै
पिल्सिनु परेपछी
रोई रहेछिन जननी ।
जो जन्मिन्छ माटै कोपर्छ
हिंड्ने आफ्नो बाटै कोपर्छ
अपराध गर्छ एउटा
तर दोश अर्कोलाई थुपार्छ
मुर्ती बोल्दैन्
मन्दिर बोल्दैन्
प्रशाद राख्ने थाली पनि बोल्दैन्
पूजारिको एकोहोरो शंख फुकाईले
आहत भएको
नारायणहिटी दुखेर हो कि
आफ्नै भाग्य फुटेर हो
रोई रहेछिन् जननी ।
हे आमा ! फेरी
प्रसब बेदना भोग
र जन्माउ धेरै सपुतहरु
जस्ले तिम्रो आसुँ पुछ्नेछन्
जस्ले तिम्रो मर्म बुझ्नेछन् ।
श्रीराम अधिकारि
चुरियामाइ २ मयुरधाप
मकवानपुर

विश्वनेपाली साहित्य महासंघ इज़रयल शाखाले १५ मार्च २०१४ मा सम्पन्न गरेको कविता प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय (क्रमश: श्रीराम अधिकारि, मीरा मन थापा, सुमन कार्की) हुन सफल कविता यस प्रकार रहेका छन् . . .
१) प्रथम : श्रीराम अधिकारि
शिषक - किन रोई रहेछिन जननी ?
रोल्पा रुकुम दुखेर होकी
कोशी गण्डकी सुकेर हो
खै कस्तो सुर्ता पर्यो कुन्नी
न्याउरो अनुहार पारेर
रोई रहेछिन जननी ।
देख्नेहरुले गल्ती देखे
या सुन्नेहरुले उल्टो सुने
अतित बल्झियो अरे
सपना अल्झियो अरे ।
त्यसैले
नियतिको दोशाँधमा
एकोहोरो टोहोलिदै
रोई रहेछिन जननी ।
दश बर्षसम्म
मेरी आमाको आँखामा
क्रान्तिको कालो पट्टी बाँधेर
निर्घात चुटेछन्
लुट्नु लुटेछन्
आफ्नै सन्ततीहरुले ।
खै के स्वार्थ थियो
या त क्रान्ति ब्यर्थ थियो ।
कोशी बगरमा गाडीएका
बग्रेल्ती लासहरुमाथि कुल्चिदै
नयाँ नेपालको सँखघोष गर्ने
कपुतहरु देखेर
रोईरहेछिन जननी ।
संघियताको कालो चस्माले
खै के देखेछन कुन्नी
कोही शिर काट्दैछन्
कोही हात छाट्दैछन्
त कोही पाउ भाच्दैछन्
गुहार्छिन आमा, चित्कार्छिन आमा
तर सुन्दैनन् कोही
को हो शोषक ?
बोल्दैनन् कोही
टनकपुर दुखेर होकी
कर्णाली सुकेर हो
रोई रहेछिन जननी ।
आमा पाल्छु भन्नेहरु
बैरी ढाल्छु भन्नेहरु
महिषासुर भएपछी
आजभोलि
देबताहरु त्रसित छन् ।
दानबहरुबाट ग्रसित छन् ।
त्यसैले
पशुपती मौन छ
लुम्बिनी उदास छ
दैत्यहरुको तमासा देख्ने
एउटै मात्र साछी
स्वयम्भु पनि अमुक छन ।
बालुवाटार निदाएर होकी
दक्षिणी हावा सुसाएर हो
रोई रहेछिन् जननी ।
हीमाली हावा रोक्न खोज्नेहरु
पहाडी छाती जोख्न खोज्नेहरु
र,तराइ मुटु टोक्न खोज्नेहरु
यि तीन आबेगहरुले
आमाको गर्भासय भित्र
हस्ताक्षर गरेपछी
चार कोशे झाडिभित्र
आमालाई बलत्कार गरे
मन भित्र शासनको अहंकार भरे ।
आफ्नै बाट लुटिएपछी
अंगअंग सबै छुट्टीएपछी
अपाङ्गता ब्यहोर्दै
घिस्रिनु परेपछी
मनभरी घृणाहरु पाल्दै
पिल्सिनु परेपछी
रोई रहेछिन जननी ।
जो जन्मिन्छ माटै कोपर्छ
हिंड्ने आफ्नो बाटै कोपर्छ
अपराध गर्छ एउटा
तर दोश अर्कोलाई थुपार्छ
मुर्ती बोल्दैन्
मन्दिर बोल्दैन्
प्रशाद राख्ने थाली पनि बोल्दैन्
पूजारिको एकोहोरो शंख फुकाईले
आहत भएको
नारायणहिटी दुखेर हो कि
आफ्नै भाग्य फुटेर हो
रोई रहेछिन् जननी ।
हे आमा ! फेरी
प्रसब बेदना भोग
र जन्माउ धेरै सपुतहरु
जस्ले तिम्रो आसुँ पुछ्नेछन्
जस्ले तिम्रो मर्म बुझ्नेछन् ।
श्रीराम अधिकारि
चुरियामाइ २ मयुरधाप
मकवानपुर
२) द्धितिय : मीरा मन थापा
''किन रोईरहेछिन् जननी '?
किन रोईरहेछिन् जननी
यो प्रस्न बर्षौं देखि
अरूलाई सोधिनुले
उत्तर कहिले पनि भेटिएन
रगतका लाहाछाप लागेका
ईतिहासका दस्तावेजहरू पढेर
पुर्खाका चिहान घारीमा
चिहान उत्खनन गरेर
खै के सिक्दैछौँ हामी?
सायद
यहि प्रस्नको उत्तर
जो आफुलाई नसोधेर
यत्रतत्र भौतारीई रहका छौं
मुर्ख हामी
बगरमा बालुवा चालेर
काँस फुले झैं जीवन फुलाउनेहरू
जब आफ्नै आँखा अगाडी
कसैले आफ्नो झुप्रो जलाएको देख्छन
हो, तब त्यहा जानु र
ती खरानी बाँचेका मुहारहरू पढ्नु ,
सखारै धारामा
पानी लिन गएकी फुलमाया
रगतपच्छे फरिया भिजेर
लर्बरिदै आगनमा आएर ढलेपछि
उसको
च्यातिएको चोलीमा खोज्नु
जवाब अवस्य मिल्नेछ
किन रोईरहेछिन् जननी ?
यो यूग त बाँचिरहन्छ
चाहे मुर्दा बनेर नै किन नहोस
हो हावा त बहिरहन्छ
चाहे लासहरूको दुर्गन्ध नै बोकेर किन नहोस
घाम उदाउने र अस्ताउने भईरहन्छ
खोलाहरू बगिरहन्छन
हो यसरी नै हाम्रो चेतनामा घाम नउदाए सम्म
हावा बनेर ममता नबहे सम्म
शान्ती र सदभावको खोला नबगे सम्म
यो
प्रस्न ,प्रस्न नै बनिरहनेछ
एक मुट्ठी माटो
हत्केलामा लिएर
किन रोईरहेछिन् जननी?
आफैलाई नसोधे सम्म
यो प्रस्न,प्रस्न नै बनिरहनेछ !!!!
मीरा मन थापा
माइधार, झापा, नेपाल ।
हाल : मध्यपूर्ब ईजरायल ।
३) तृतीय : सुमन कार्की
कविता- किन रोइ रहेछीन जननी ?
मनै लोभ्याउने चम्किलो मुस्कान
अनि निश्चल अनि निडर
विश्वको उच्च शिर
छाती भरि ढकमक्क
गुराँस फुलाएर
पिठ्युमा पिडाको
गरुङ्गो भारी बोकेर
आमाले सुक्कसुक्क गरेको
उसले पनि हेरी रहयो
मैले पनि हेरी रहे
न उसले सोधो
न मैले सोधे
किन रोइ रहेछिन जननी ?
बिर बलभद्र र भक्तीकी आमा
इतिहासको पाना पल्टाउदै
अझै पनि काख भरि
सन्तानको तस्बिर सुम्सुम्याउछिन
मातृत्वको ममताले
लर्छप्पै भिजेका नयन
उसले पनि देखो मैले देखे
न उसले पुछ्यो आशु
न मैले पुछे
केवल घुक्कघुक्क गरेको
उसले पनि सुनीरहयो
मैले पनि सुनीरहे
न उसले सोधो
न मैले सोधे
किन रोइ रहेछी जननी ?
आमाको काखबाट
कुम्लो कुटुरो बोकेर
कयौ बसाइ सर्दै गर्दा
जोश जाँगर भरिएका पाखुरा
सात समुन्द्र तर्दै गर्दा
आमाको मौनताको असहमति
न उसले बुजो
न मैले बजे
भत्केको घर, चुहिने छानो
न उसले छायो न मैले छाए
डाको छोडेर भकानिदै थिइन आमा
न उसले फर्केर हेर्यो
न मैले हेरे
न उसले सोध्यो
न मैले सोधे
किन रोइ रहेछिन जननी ?
बुद्द जन्मेको घरमा
शान्तिको खडेरी छ
बसाइ सर्ने र घरमै कुकर्म गर्नेलाइ धिकार्दै
आमा कोख छाम्दै भन्दै थिइन्
फेरी बुद्द जन्माउनु छ
फेरी भक्ति जन्माउनु छ
कुलंघार घरमै बसेर के भो
बैगुनीले छोडेर गए
अस्तित्व जोगाउन आमा चित्कार गरेर
सन्तानलाई पुकार गर्दै थिइन्
तर न मैले सुने
न उसले सुन्यो
न मैले सोधे
न उसले सोध्यो
किन रोइ रहेछिन जननी ?
किन रोइ रहेछिन जननी ?
सुमन कार्की
माम्लिङ्ग-६ संखुवासभा
कोशी अञ्चल नेपाल