कार्यक्रम टफ-टक : Constituent Assembly Chairperson, Subash Chandra Nembang in TOUGH talk- 92


अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने प्रस्ताव अहिलेको संविधानसभाले पारित गरेपछि नयाँ संविधान लेखनको बाटो सहज भएको छ ।

विघठित संबिधानसभाका ११ वटा विषयगत समितिहरुले गरेका सवै कामको अभिलेखहरु, अभिलेख अध्ययन तथा निक्र्योल समितिमा पठाइएको छ । समितिले पहिचान गरेका सहमतिका आधारमा संविधान मस्यौदा समितिले एकीकृत मस्यौदा बनाउने छ । अभिलेख अध्ययन समितिले विवादित् विषयलाई भने राजनीतिक, संवाद तथा सहमति समितिमा पु¥याउने छ ।

शीर्ष दलका शीर्ष नेताहरु सहभागि संवाद तथा सहमति समितिले संविधानसभा बाहिर रहेका शक्तिहरुसँग पनि बार्ता गरेर संविधान लेखनका विषयमा सहमति जुटाउने सम्मको अधिकार पाएको छ । संवैधानिक समितिहरु गठन भएपछि अहिले संविधानसभा भने अनिश्चित कालका लागि स्थगित भएको छ । आजको टफ टकमा संविधान लेखनको प्रक्रिया, बाहिर रहेका दलहरुलाई कसरी संविधान लेखनमा सहभागि गराउने सासकीय स्वरुप वा संघीयताका बारेमा जनमत संग्रह हुन्छ की हुदैन र एक बर्ष भित्रमै जारी हुन्छ भन्नेमा कसरी ढुक्क हुने ? यी र यस्तै विषयमा संविधानसभाका अध्यक्ष तथा सभामुख सुवासचन्द्र नेम्वाङसँग आजको टफ टकमा बहस गर्ने छौ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यस अघि विघटित संविधानसभा पनि सोही भूमिकामा हुनुहुन्थ्यो । कुटनीतिक व्यवहारमा पारंगत मानिने नेम्वाङलाई सहमतिका नाममा अघिल्लो संविधानसमालाई विघटनको अवस्थासम्म पु¥याएको आरोप पनि लगाइएको थियो । आउनुहोस सभामुख नेम्वाङलाई आजको टफ टकमा स्वागत गरौँ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com