कबिता : By, कबि: श्रवण मुकारुङ



कबि: श्रवण मुकारुङ
\\आँसु//

आँसु नआउँदै–
तस्वीर आउँछ
आँसु पलाउँदा–
सम्झना झाँगिन्छ÷क्षितिज धमिलिन्छ
आँसु झर्दा–
आँखामा खस्छ÷बालक चलमलाउँछ
आँसु पुछ्दा–
चुरा बज्छ÷आँखामै खरानी पस्छ
आँसु सुक्दा–
उज्यालो हुन्छ÷ दैलो उघ्रिन्छ

यसरी आँसु बाहिरियो भने त ठीकै हुन्छ
भित्रै रहिरह्यो भने के–के हुन्छ÷ के–के हुन्छ
आँसु सम्हाल्ने त मन हुन्छ
नसके रुमाल हुन्छ

भन ए परदेशी !
तिमीले पसिना पुछ्ने रुमाल
सपनामा फूल हुन्छ ?!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com