“इजरायलमा भानुभक्त द्विशतबार्षिकि मनाइदै , साहित्यक वाचन लगायत बनभोज कार्यक्रम I

तेल अभिव (इज़रायल) चैत्र १७, 

भगवती बस्नेत : नेपालका राष्ट्रिय बिभूती आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समिति इजरायलले भानुभक्तको दुइ सय बर्ष इजरायलमा भब्यताको साथ मनाउने भएको छ  कार्यक्रम साहित्यिक वाचन (गीत,गज़ल,कविता,मुक्तक)लगायत बनभोजको आयोजना गरेको छ  

नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई सम्झनु हामी सबैको साझा कर्तब्य पनि हो ! उनी नेपाली भाषाको विकास र विस्तारमा अद्वितीय भूमिका निर्वाह गर्ने नेपाल आमाका एउटा असल सुपुत्र पनि हुन् । उनकै सम्झनामा हुन लागेको यस कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समिति इजरायलको संरक्षक तथा राजदुत महामहिम श्री प्रल्लाह्द कुमार प्रसाईज्यूको पनि उपस्थिति रहने छ  

एक दिन बिदा मिलाएर पार्क लुमिको सौन्दर्यता,साथीभाइहरु सँगको भेटघाट आत्मियता साटासाट गर्न अनि बनभोजको आनन्द लिन सम्पूर्ण इजरायल वासीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ  यस ऐतिहसिक कार्यक्रमलाई भब्य सभ्य बनाउन सम्पूर्ण इजरायलबासि नेपालीहरुको साथ सहयोग हार्दिकता आत्मियता सहयोग सद्भाव रहने कुरामा पनि विश्वस्त छौ  

यहाँहरुको सल्लाह सुझाव सहयोग अनि सहभागिताको अपेक्षा गर्दै भानुभक्तको दुइ सय बर्ष मनाउने यो ऐतिहसिक् कार्यमा इजरायलमा रहनु भएका सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी,समाज सेवी, साहित्यकार, साहित्य अनुरागी तथा इजरायलमा रहनु हुने सम्पूर्ण दाजु-भाइ दिदी-बहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ 

नोट : खानाको पनि व्यवस्थापन गर्नु पर्ने हुनाले कार्यक्रममा उपस्थित हुनको लागि २०१४ मे १५ सम्म नाम टिपाई सक्नु पर्ने छ

आयोजक : भानुभक्त आचार्य द्विशतवार्षिकी समिति इजरायल

मिति : २४ मे २०१४ समय बिहान : १० बजे स्थान : पार्क लुमी ,रमतगान, तेल–अभिव बिस्तृत जानकारीको लागि सम्पर्क व्यक्तिहरु
भगवती बस्नेत :०५४२२८७०८३
कृष्णपक्ष थापा :०५३६२१५९८८
लक्ष्मी अनुरागी ०५४८०६८३०१
बिजे बिद्रोही :०५४४६३९७२८
सुनिता राइ :०५४३५५८८२४
निर्मला खड्का : ०५४२५५४३३२
मिरामन थापा :०५४६३८३९३५
संजिता बास्कोटा ०५४२३७९७६५
हजुरी शाह :०५४९२०८३३९
निशा खनाल अर्याल :०५४७६५९४५३
श्रीराम अधिकारी :०५४६०१३९०७

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com