काठमाण्डौ फाल्गुन २३,
एक कार्यालय प्रमुखले कम्पनीलाई नाफामा लानुको साटो विभिन्न प्रपञ्च रचि कम्पनीबाट आर्थिक लाभ लिने गरे पछि त्यहा कार्यरत कर्मचारीहरु विरोधमा उत्रने तयारी गरिरहेका छन । कर्मचारीलाई पेल्दै आर्थिक अनियमितता गरि व्यक्तिगत लाभ लिने डिएचएल एक्सप्रेसका हाकिम गगन मूखीया विरुद्ध त्यहाँका कर्मचारीहरु भित्रभित्रै विरुद्धमा उत्रिएका हुन ।
विगत लामो समयदेखी मुखीयाले डुप्लीकेट ईन्भोईस र भेन्डरबाट आर्थिक अनियमिततालाई जारि राखेकाछन भने कार्यालयका विभिन्न प्रकारका सामानहरु खरिदविक्रि गर्दा ठूलो रकम आफ्नो पञ्जामा पार्दै आएपछि डिएचएलका धेरै कर्मचारीहरु रुष्ट मात्र बनेका छैनन्, आन्दोलित भएका छन् । त्यसोतः उनीहरुले आन्दोलनको कार्य तालिका नै सार्वजनिक गरेका छन् । डी.एज.एल. का हाकिम मुखियाले २०१० देखि कष्टुमर ईन्टरटेनमेण्टका नामको शिर्षकमा समेत रकमको दुरुपयोग गरेको त्यहि कार्यरत एक कर्मचारीले न्यूज अभियान डट.कम लाई भने, कर्मचारीको वेयल फेयर कोषको रकममा समेत मुखीयाको हाली मुहाली बढेको ती कर्मचारीको तर्क छ ।
विभिन्न बाहानामा कार्यालयका कर्मचारीहरुलाई काखा र पाखा गर्ने उनको नियति नै बन्दै गएको श्रोतको दावी छ । पे्रट्रोल र भत्तामा समेत मुखियाको लामो हात कायमै रहे पछि डी.एच.एल.मा कार्यरत कर्मचारीहरु असन्तुष्टि भएका हुन् । मुखियाले बाहिरका पार्सल कम्पनि एपेक्स र लिङकेजसँग समेत समन्वय गरि कमिशन खाने श्रोतको दावी छ ।
डी.एच.एल.मा काम गर्ने तर कम्पनिमा आएको काम अन्य कम्पनिमा दिने उनको नियत माथि प्रष्टै छलङ्र्गिछ, अर्का एक कर्मचारीले भने । कमिशनको खेलमा मस्त हुने हाकिम मुखियाका कतुर्तहरु सार्वजनिक हुने क्रममा कर्मचारीहरुले असहिय भएपछि हिजो विहिवार देखि कर्मचारीहरु भित्र भित्रै आन्दोलित भएका हुन् । त्यसोतः मुखीयाले ओविसिप्मेण्टमा पनि तेश्रो पाटीसँग रकम लिदै आएका छन् । कम्पनिमा पिएफ र सीआईटी समेत समयमै डिपोजिट नगरि आफनो नियत प्रदर्शन गरेका छन् ।