गजल :
तिम्रो तस्बिर संग कुरा गर्दा गर्दै बित्यो रात
उफ्फ आज तिमी छेउ सर्दा सर्दै बित्यो रात ।
आयौ तिमी सपनिमा डाक्यौ मन्द आवाजले
अनायासै तिम्रो भर पर्दा पर्दै बित्यो रात ।
मन भरी नाना भाँती कुरा हुँदै थिए यता
कल्पनामै अंगालोमा भर्दा भर्दै बित्यो रात ।
आँखासँग आँखा जुधाई एकोहोरो भए पछी
पीडाहरु धड्कनका हर्दा हर्दै बित्यो रात ।
नयनले गरेका ति वाचा कसम झुटा हुँदा
आखिरिमा आँफै बाट झर्दा झर्दै बित्यो रात ।
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजराइल