आज विश्व कविता दिवस सबै साहित्य प्रेमी तथा अनुरागिमा हार्दिक शुभकामना , , ,
कविता "सपमा "
पैसाको नै डसना बनाई ,
पैसाको नै सिरक ओढी ,
हातमा हत्कडी झैँ सुनको ब्रासलेट ,
गलामा फासी झैँ पहेलपुर सिक्री,
रक्सि र मासुका कवाफ खादै,
सुन्दर ताज महलको ख्वाबमा,
एक छिन भए पनि राम्रो होटेलमा ,
कसैका श्रीमती अनि श्रीमानलाई,
मिठा मिठा कुरामा अल्झाउदै ,
अंगालो हाली सुत्द्छ्न र भुसुक्क निदाउछन्,
के सपना तिनीहरुले मात्र देख्दछन ?
सपना त् तिनीहरुले पनि देख्द्छ्न..,!
जो दिनभरी भारी बोकेर ,
ठेला गाडी ठेलेर ,
बन्जर माटो संग ,
कोदालोले खेलेर ,
चर्को घाम अनि ,
कालो डर लाग्दो वर्षा बादलसंग,
हिलो र माटोमा भासिदै,
शरीर बाट रगतका धारा झैँ ,
पसिना बगाउदै निथुर्क्क भिजेर,
लामा लामा सुस्केरा हाली ,
काधमा हलो र कोदालो ,
टाउकोमा घासको भारी बोकी ,
थकित हुदै पाटी र पौवा ,
रुखको भेद अनि शितल छाहारीमा
टाउको भारी बिसाउदै,
लामा लामा खुई खुई गर्दै सुस्केरा फेर्दै,
आफ्ना हातको शिरानी बनाई,
सुत्दछन र भुसुक्क निदाउछ्न
सपना तिनीहरुले पनि देख्दछन /
हो सपना तिनीहरुले पनि देख्दछन .....
हिन्न नसक्ने लौरोको सहरमा ,
अरुका घरमा दिन भरि मागी
दुनियाको भनाइ र वचनले गर्सित भै
जो दिन्छन जति दिन्छन सोहि लिएर,
चट्चटि फुटेका खुट्टाबाट रगतका भल बगाउदै,
शरीर बाट पसिनाको धारा बगाई ,
थकित भएका शरीर ,
मागी ल्याएको पैसा अनि चामल ,
बाटोमा खोजि अनि बिछी ल्याएको ,
दाउराको टुक्रा टुक्रीले
ढुंगाका अनि इट्टाका चुलो बनाई,
रुखको फेदमा आगो बाली खुई खुई गर्दै
काचो वा पाकेका खाना ,
दिन भरि भएको भोको पेटसंग ,
लाचार माग्न नसक्नेलाई ,
हसिलो अनुहार लगाउदै ,
सबै जनाले जे जस्तो छ ,
बाडी चुडी खाई ,
दिनभरी भएको तिता मिठा कुरा गर्दै ,
घासलाई आफ्नो बिच्छ्यौना सम्झदै,
आफ्नो हातको शिरानी बनाई ,
एकले अर्कोलाई अंगालो हाल्दै ,
तातो सिरक आड सम्झेर ,
बिहान उदाउने सप्तरंगी किरणसंग ,
नयाँ आशाका उमंग बोकी ,
कल्पना गर्दै सुत्दछन र भुसुक्क निदाउछ्न ,
सपना तिनीहरुले पनि देख्दछन !
निशा खनाल अर्याल
इज़रायल