"यही मार्च १५ तारिक २०१४ मा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा द्धारा आयोजना गरिएको कविता वाचन प्रतियोगिताको शाखा प्रतिको गर्ब र गरिमा बढाउँन अप्रतियोगीको रुपमा वाचन गरेको कविता ,"किन रोई रहेछिन् जननी ? भन्ने शिर्षकमा मलाई यस्तो लाग्यो जननी रुनुको कारण ?तपाइहरुलाई कस्तो लाग्छ त् ?
यो कस्तो विडम्बना,
अभाव र विकराल गरिबीको,
असह्य रापमा पिल्सिएर,
अज्ञानता र बाध्यताको भुमरीमा छट्पटिदै,
सामान्य जीवन जिउने सानो आशा मात्र बोकी,
अशंख्य शिल्पी पौरख युवा हातहरू,
परिवारको माया, ममता,गौरव भारीसँग,
विदेश भूमिमा कठोर यातनाको बर्णन गर्दै,
सुन्दर भविष्यको सपना साकार गर्ने आशामा,
बिदेशी पीडाले छट्पटिदै,
सामुद्रिक बाढी झैँ वर्वर आँसु,
आफ्नै सन्तानले झार्नु परेको देख्दा,
रोइरहेछिन् जननी ।
गर्विलो देशका हामी तर मूर्ख श्रमिक ठानिपछि,
थोरै मूल्यमा वहुमूल्य श्रम अर्पण गर्नु परेको पीडा,
दर्द भरिको यात्रा स्मरण गर्दै,
जोखिममा सुरो बन्नु पर्दा,
गाली, बेइजती, त्रास, दुर्धटनामा,
कयौ यातनाको माला लगाउनु पर्दा,
भलै भोका हुन् वा नांगा,
विरामी हुन् वा अपांग,
पशुझैँ एक नाशले जोतिनु पर्दा,
निरन्तर खिइएको नंग्रा झैँ,
शरीर खिइदै लाश झैँ बन्दा,
खुनको पसिना आफ्ना सन्तानले,
विदेशी भूमिमा भिजाएको देखेर,
छियाछिया हुदै चर्किएका ती छातीहरू ,
खातका खात अनगन्ती पिड़ाहरूले,
शुन्य चित्कारको आवाजमा ठोकिन पुग्दा ,
तरंगित भएर झस्किदै,
रोइरहेछिन् जननी ।
रोइरहेछिन् जननी ।
गण्डकी,कोशी कर्णालीसँगै,
६,००० -नदी नालाबाट सेता सुन निकालिदा,
तिनकै जल्धर्ले उर्वर खेतवारी,
अनि पाखा पखेरा भिजाउदा,
उर्जालाई कलकारखानामा,
प्रयोग गर्दै निर्यात गर्दा,
दुधालु,गाई,भैसी,चौरी,च्यांग्रा,
भेडा,बाख्रा,माछा,मौरी,वनस्पतिहरू,
यातयातबाट आर्थिक व्यवहारव्रिधदी ,
त्यसबाट हुने आर्थिक सम्व्रिद्धी,
अनि हुने स्वर्ग जस्तो नेपाललाई छद्मी बाह्य प्रभाव,
अदुरदर्सी नेत्रित्व, भ्रष्ट कर्मचारी तन्त्रले,
देशलाई नै कंगाल बनाएको देख्दा,
रोइरहेछिन् जननी,!
आफ्नै काखमा लुटुपुटु गर्दै,
मुस्कुराइरहेका आफ्ना सन्तान,
विवशता र बाध्यताको चपेटामा परेर,
आमाको आचलले मुख छोपे झैँ गरी,
चर्तिकलाको लाजलाई ढाकेको देखेर,
संसारलाई चिनाउँन अघि सर्ने वीर पखुरिहरू ,
अथाह पीडा र कथाले, झस्किन पुगेको देखेर,
मेतिदै गएका ति सुन्दर इतिहास ,
अनि क्षण भरमा ध्वस्त भएका,
प्राकृतिक सौन्दर्यहरूको तहसनहस,
अनि चिच्याएको कोलाहल भित्र,
छापिएका तरंगित मन मस्तिष्क देखेर,
रोइरहेछिन् जननी ।
सुनौला हिमश्रिंखलाहरू,
विश्वको शीर नेपाल त सगरमाथाको देश ,
शिवको सुन्दर क्रिडाभूमि ,
भृकुटी, सीता, जनक जन्मेको ,
नेपाल त गौतम वुद्धको देश ,
न सुनामी न ज्वालामुखी ,
सदाबहार हरियाली ,
नदी नाला तलाउ शुन्दर ,
साँच्चै प्रकृतिसँग हुन्छ साक्षात्कार ,
पर्यटकीय स्थल वीर नेपालीको जन्मभूमि ,
हेरेर कहिल्यै तृष्णा नमेटीने,
साँच्चै कला र संस्कृतिको अमरभूमि ,
तर केगर्नु पर्यटकीय उन्नतिको सट्टा,
प्रकृतिको विनास ,
न संस्कृतिको जगेर्ना ,
नपर्यटकीय विकास ,
वरु मरुभूमिलाई राम्रो,
भन्न परेको देख्न र सुन्न नसकेपछि ,
क्लान्त वनेर डाकों छाड्दै,
रोइरहेछिन् जननी ।
निशा खनाल अर्याल ,
इज़रायल
इज़रायल