मेरो सानो अबुझ र अबोध चिन्तन !
बिस्वमै अहिले असम्भव अवस्थाबाट सम्भवमा उत्रीएका नारीहरु हेर्दा "असम्भव भन्ने बस्तु मानवको लगनशिलताले ढाल्ने रहेछ" भन्ने तिर लागेको छु। हामी नेपालमा सधैं नारीलाई मुर्तीमा स्थापित गर्छौ र मुर्तीमै सेलाउँछौ, नारीको क्षमतालाई कुल्चेर अगाडी बढ्छौं। यदि नारीले दुई शब्द बोल्न खोज्यो र चाह्यो भने त्यसलाई हामी "पोथी बासेको उखानमा जोड्छौ" त्यो भाईरस दिमागमा आउन्जेलसम्म देशमा उन्नती हुन्न।
देशमा बिकाश हुनलाई नारी जागरण वा नारी साक्षरता जरुरी छ। बिदेशमा (बिकसित मुलुकमा])अफिसियल काम जत्ति नारीले गर्छन अनि बिदेश बिकाशतिर अग्रसर हुन्छ। हाम्रो देशमा नारीलाई अफिसियल कामको लागी शायद स्थान पनि दिईन्न। नारीलाई पुरुषको दासत्व सम्झिन्छौ र चुला र चौका भिराएर राख्छौ, अनि भैंसी गोठ, गाई गोठ अनि नारीको भबिष्य "आ! अर्काको
घर जाने जात न हो" भनेर बिट मारीदिन्छौ यो हो हामीले पालेको नारी बिकाश र साक्षरताको
लागी भाईरस । म स्वयम यसको भागीदार छु भन्दा फरक नपर्ला किनकी मैले मेरो ठुलो बैनीको
साक्षरता चपाएर यहाँसम्म आईपुगेको ब्यक्ती जो हुँ।
आज मेरो ठुलो बैनीलाई सम्झेर उनको त्यो सानोमा म प्रती गरेको त्याग सम्झेर ग्लानी महसुस हुन्छ। किनकी मलाई याद छ "दाजु तपाईं जानु स्कुल, म गएर घरमा कस्ले हेर्छ?? आखिर तल्लो घरको कान्छी फुफु पनि गाकी छैनन, फेरी आमाबुबाले दुई-दुई जना स्कुल नपठाउने भन्नु भाछ" यो शब्दले मलाई मलाई मृत्युको अन्तिम पल सम्म रेटिरहने छ धारिलो चुलेसी भएर। सुदुर पहाड मा जन्मेको मैले मेरै बैनीको भाग खोसेर हुर्केको मलाई आफैलाई यति घृणा लाग्छ। मैले जति नारी सम्बन्धी लेख लेखौ कबिता लेखौं वा भजन गाएपनि मेरो बैनीको खोसेको त्यो भागले मलाई पिरोली रहनेछ। मेरो बैनीको बलिदानले मलाई रेटिरहनेछ। हो यसरी हुर्की रहेका छौं हामी पुरुषहरु नेपालमा बैनीको साक्षरता खोसेर वा बैनीलाई पछाडी राखेर, त्यो बेलाको ज्युँदो उदाहरण म पनि हुँ। त्यसैले अहिले हेर्छु एउटा १४ बर्षिय नारी मलाला युसुफजाईलाई हेरें मेरी ठुली बैनी सम्झेर धरधरी रोएँ। मनाल अल सरिफलाई हेरें उनिहरुको जीवनी सुनें मेरी बैनीलाई सम्झेर रोएँ। घरको मुलीको देन कस्तो हुन्छ उनीहरुको जीवन चक्रबाट सिक्नुपर्छ बिस्वले।

शिक्षाको हकमा नाम्लो र बरियो अनि हसिँया दिएर बनतिर लखेट्छौं।
हामीलाई एउटा प्रशासनिक र सामाजिक बिकाश देशको कुना-कुना नभएसम्म हाम्रो देश तलको तलै
रहन्छ। मैले देखेको ईजरायलमा के छ बालबालिकाको लागी? १८ बर्षसम्म अभिभावकले जुनै हालतमा पनि शिक्षा दिएर उस्लाई आफ्नो
पाईलामा उभ्याउने अनि १८ पुगेपछि देशको लागी सैनिक तालिमको कर्तब्य पाठ। यहाँ नारीहरु
प्रत्येक अफिसमा रहन्छन। प्रत्येक अफिसियल ओहोदामा नारी र बाहिरका बडेमान काममा पुरुष
त्यसै कारण यो देश शिक्षा प्रणालीमा होस या कुनै शक्तीशाली कार्यमा सधैं अगाडी छ। ईजरायलीलाई
कुनै पराई देशले सिमामा आक्रमण गर्यो भने यहाँ ८० बर्षका बुढा-बुढीपनि लड्न तयार हुन्छन
किनकी उनिहरुसँग १८ बर्षे जवानमै देश सुरक्षाको लागी कर्तब्य पाठ सिकाइएको छ मैदानमा
यो पनि शिक्षाकै एउटा नमुना हो।
यहाँ महिला- पुरुषको कुनै त्यस्तो भेदभाव छैन। नारीलाई बिशेष ध्यान र महत्व दिन्छ यो देश तसर्थ यो देशलाई अरबहरुले घेरेर रकेट बमनै प्रहार गरेपनि यो देशको नक्सामा कोतर्न सम्म सकेका छैनन। एउटा शिक्षाको नमुना यहाँ पनि भेटिन्छकी अरबीहरु सँग पेट्रोल छ, डिजल छ, सुन छ, बिस्वलाई पेट्रोल सुन डिजल आयत-निर्यात गरिरहेछन तर नारीलाई कोठामा थुनेर बिलासको समान बनाईरहेका छन। यो हो मुख्य अझै सम्म ९९% नारीलाई केवल बुर्काभित्रको जिन्दगी बाहेक केही देखेका छैनन। र अरबी मर्द अर्थात पुरुषहरु सोंच्छन एउटी नारीले पराई पुरुषसँगा आँखा मात्र जुधायो वा गल्तीले जुध्यो भनेपनि त्यो ठुलो अपराध मानिन्छ। यसरी त्यो अरबिक जीवन भित्र मनाल अल सरीफ र मलला युसोफजाईले परिबर्तनको क्रान्ती कतिसम्म ल्याउन सक्छन त्यो बिस्वले हेरीरहेको छ।

हामीपनि अर्थात दक्षिण एशियनहरु जस्तैकी भारत, नेपाल, बंगलादेश नारी उत्पिडनमा अहिलेसम्म टप नै छौं। मलाई सन २००९
को त्यो अरब बसाईको याद आयो। एक जना मोहम्मद इकबाल भन्ने दक्षिण भारतिय अंकलको याद
अझै छ मानसपटलमा, उनले आफ्नो छोरीको
बिबहा "डोवरी" यानेकी दाईजोको लागी बुढेसकालमा अरब आउनु परेको थियो। ति ईकबाल
अंकल तामिलनाडु तिरका थिए। अरबमा म बसेको अपार्ट नजिकै अल अफ्नान भन्ने पेट्रोल पम्पमा
सरसफाई र गाडीहरु धुने काम गर्नुहुन्थ्यो। छुट्टीको बेला म प्राय बोलाउँथे किनकी मेरो
त बुबाको उमेर भन्दा नि अलि माथीको हुनुहुन्थ्यो। यसरी हामीमा घनिष्ठता त छदैंथियो
उहाँको हरेक समस्याहरु सुनाउनुहुन्थ्यो,
म सुनिरहन्थे कति कहाली लाग्दा थिए।
गरीबीले उनको जीवनमा पराकाष्ठा नाघेको थियो। ३ वटी छोरी दाईजो दिने केही नभएको। यसकारन बुढेसकालमा बिदेश आउनु परेको थियो। यसरी नै काम गर्दै जाँदा एक दिन ठुली छोरीको लागी केटा आफन्तले खोजे तर दाईजो ति अंकलले ६ बर्षमा पनि कमाउन नसक्ने माग भयो। कार नभए मोटर साईकल, फ्रीज, टेलिभिजन, अनि ३ लाख पैसा अनि ५० तोला सून यस्तै यस्तै। अंकल त्यो हप्ता आएर निन्याउरो मुख लगाएर यो बृतान्त भन्नु भो अनि कहाँ बाट यत्तिका धेरै जगेर्ना गर्ने भनेर पुरा चिन्तित देखिनुभाको थियो। अर्को हप्ता उताबाट छिटो भन्दा छिटो बिहा गर्ने भनेर खबर आएपछि ति अंकलको दिमागले काम गर्न छोडेछ अन्तत; उनले त्यहिं पेट्रोल पम्पमा पेट्रोल खन्याएर आफ्नो जीवनको ईहलिला समाप्त गरेका थिए।
यहाँ के देखिन्छ त प्रष्ट भन्दा अहिले सम्म समाजमा मानबियतालाई कुहाउने प्रथा दाईजो, र नारीको नाममा दाईजो शोषण। त्यस्तो समाज र प्रथा चोर हो। कुनै दार्शनिकले आफ्नो दर्शनमा भनेका छन "जो समाजमा कामै नगरी सम्पत्ती प्राप्त गर्छ वा खाना खान्छ त्यो, त्यो समजको चोर हो समाजको धब्बा हो" यो अझै पुष्टी गरिरहेका छन त्यो अंकलको गाउ र समाज जस्तै करोडौं गाउँ र समाजहरुले दक्षिण एशियामा। यदि त्यो अंकलले छोरीलाई दाईजो हैन शिक्षा काफी हुन्छ। शिक्षा भए त्यो गाउँमा हैन अलि फराकिलो ठाउँमा पुगेर पनि शानका साथ मेरी छोरी जिन्दगी जिउन सक्छे भन्ने भावना कसैले पैदा गरेको भए त्यो क्यान्सर रुपी पिंडा "दाईजो" सम्झेर ज्यान दिनु पर्दैनथ्यो। अनि त्यो ठाउँमा छोरी जन्मिन साथ अभिशाप भन्दै क्वाँ क्वाँ रुन पर्दैनथ्यो। नत्र छोरीलाई गर्भमै मारेर महिलाको स्वास्थ्यमा खराबी र अकालमा मृत्यु उत्पन्न गर्नु पर्दैनथ्यो।

अब यो सत्य घट्नाबाट कहाँ पुग्न र निष्कर्स नारीको लागी निकाल्न
सकिन्छ भन्ने प्रश्न हुन। नारीको लागी साक्षरता कि कुहिएको दाईजो? यो दक्षिण एशियामा रहेका हरेक अभिभावकले खुट्ट्याउनु
पर्ने बिषय हो। नारी बेदनाको बारे ठुलठुला लेखकहरुले लेखेका छन परिबर्तनको भाषापनि
लेखेका छन जस्तैकी कबिता, कथा,उपन्याँस, निबन्धहरु टन्न लेख्छन साहित्यकारहरु। किन त्यो साहित्यले समाजलाई
दिगो दर्शन दिदैन? लेखक श्री कृष्ण
धाराबासीले आफ्नो निबन्ध संग्रह "आँधी नआउने घर"मा एउटा "ढाडे" शिर्षकमा नारी संघर्ष र मौनताको चित्रण गर्नु भएको
छ। लगनशिलता र महानताको चित्रण छ। तर यस्ता पुस्तक र लेखले किन क्रान्तीमा भाग लिदैनन? किनकी हामीले लेखेका ति लेखहरु चार दिवारमा
एउटा सानो जमातमा बिमोचन गरेर थन्क्याईदिन्छौ। त्यो आवाजहरु त्यो आवाज प्रतिष्पर्धी शिक्षित जमातमा बिमोचन गरेर हैन
ति सुदुर सुदुर गाउँहरुमा सभा सम्मेलन गरेर ति अशिक्षित अभिभावकको कर्णमा हल्का भर्न
सकेपनि यो समाज परिबर्तनले नारी हक हितको लागी बाटो सोझ्याउँथ्यो।
हुन त म एउटा मतवालीको छोरा केटोले पिएछ र जेपिटी हाँकेछ भन्नुहोला, मेरो मगजमा अडेको र देखेको यो यथार्थहरु साह्रै दर्दभरि दुख्छन। हामी नारीको बिषयमा हरेक लेख रचना लेख्छौ धर्ती सँग तुलना गर्छौ, नारीलाई धर्तीसँग तुलना गर्नु नै मुख्य गल्ती हो। किन भन्नुस न हामी धर्तीमाथी बिचरण गर्छौ। टेक्छौ, हिंड्छौ, बस्छौ, त्यहिँ माथी दिसा पिसाप हरेक गर्छौ त्यसकारण नारीलाई त्यहिं दर्जा दिदै त्यहि गर्न खोज्छौं हामीले गर्न मिल्छ भनेर उपमा दिंदै त्यहिं उपमा अनुसार अभिनय गर्छौं तसर्थ आज उप्रान्त म यस्ता अभिनयात्मक रुढीबादी सोंच बहिष्कार गर्छु। नारी धर्ती भन्ने अनि धर्तीमा के के गर्न मिल्छ त्यो त्यो गर्ने? यो त सरासर अहिलेको योङ जेनेरेसन पनि पुरानै बराजुको धोत्ती पहिरिएर हिंडे जस्तो भयो किनकी यो धर्ती भन्ने स्क्रीप्टमा धेरै अभिनय गर्नाले पनि नारी शोषण ज्युँका त्युँ रहेको हो।

हाम्रा देशमा केही समाजसेवी दिलोज्यान दिएर लागेका छन साक्षरतालाई
एउटा क्रान्तीको रुप लिएर, यस मध्येबाट म
पहिलो उदाहरण श्री रबिन्द्र मिश्र ज्यूलाई दिन्छु। किनकी देशमा लेखेर मात्र केही हुन्न, गरेर पनि देखाउनु पर्छ भन्ने पुष्टी उहाँको
कार्यबाट नियाल्न सकिन्छ। उहाँ एउटा मान्छे,
एउटा नेपाली तर यदि सकरात्मक सोंचको पहाड दिमागमा चुलियो उहाँले गर्नु भएको जस्तो
कार्य अर्को नेपालीले पनि गर्न सक्नु पर्छ। अनि कसैको पर्खाईमा जीवन ब्यतित गर्न पर्दैन।
शिक्षा क्षेत्रमा रबिन्द्र मिश्रले ध्यान दिए झैं नेपालको अन्य बिकाशका पाटामा अन्य
ब्यक्ती आए भने नेपालको बिकाशमा नेपालीले कहिल्यै नाई भन्दैनन। तसर्थ देशको ७५ जिल्लामा
७५ रबिन्द्र मिश्रहरु जन्मिनु पर्छ। तब देशले काँचुली
फेर्ने छ नत्र मजाले उहिल्यका उखान बखान्दै बस्यो जस्तैकी; "सतिले सरापेको देश", पोथी बास्यो भने अलक्षिण लाग्छ" ब्ला
ब्ला।
हामीले समाजमा सबैलाई मात्र मान्छे भनेर मान्छेको सम्मान सबैलाई मानव जातीलाई दिउँ। यो नारी त्यो पुरुष भनेर छुट्टिनेर छुट्ट्याउने कामले यहाँ हजारौं कामहरु हजारौं बिभेदहरु छुउट्टिएका छन। यस्तालाई निर्मुल पार्दै नेपालमा जतिपनि भौतिकबाद, सामाजिक बाद र नारीबाद लेखकहरुको लेखन र ग्लोब अध्य्ययन अनि हाम्रो समाज र भौतिक सामाजिक समस्याको खण्डन बिष्लेशन त्यसको परिमार्जनमा लागेका बुद्दिजिवी बर्गको पथप्रदर्शनलाई साथ दिउँ तब यो देशमा लेखकहरुको लेखले पनि अशिक्षित भित्तामा शिक्षाको ज्योती टाँग्न सक्छ। नत्र पुस्तक भण्डारमा आफ्नो लगानीको खर्च रुँघेर बस्नु शिबाय केही छैन।
देशमा ठुलठुला नामी-नामी लेखकहरु हुनुहुन्छ, भौतिकबाद, नारीबाद र समाजबादका पथप्रदर्शकहरु तर पथप्रदर्शन किन भेजोको बिल झैं भएको छ। यि पथप्रदर्शनहरुलाई समाजमा ओछ्याउन सकौं श्री रबिन्द्र मिश्र ज्यूले जसरी शुरुवात शिक्षालाई ध्यान दिएर लागी पर्नु भएको छ त्यसरी नै हरेक नेपालीले पहिले साक्षरता भन्ने शब्दावली दिमागको मध्यभागमा ठाउँ दिउँ तब यो समाज र यो देश बाट नारी उत्पिडन, समाज शोषण अनि अन्धकारता हटेर जानेछ।

अब रह्यो अन्त्यमा मनाल अल सरीफ र मलला युसोजाईको कुरा उनिहरु
यस्तो अग्नीको हुँकारबाट निस्किरहेका छन त्यो यो हो की उनिहरुको कार्य उनिहरुको देश
धर्म र बर्गलेनै मन पराउँदैन र पनि त्यो ग्रुपमा आधा भन्दा धेरै ज्युँदै पुरिएका जस्ता
नारीरहरुको उत्पिडनमा गोली छल्दै जीवनलाई बन्दुकको निशानामा राखेर ति अन्यायमा परेका
नारीका निम्ती लडिरहेका छन। उनिहरु जस्तै हाम्रो अशिक्षित समाजको बिरुद्द लड्न सक्ने
शूरबीरको र हाम्रो समाजमा गाडिएको बिभेदको खम्बा उप्काएर फाल्न सक्ने हस्तीहरु जन्माउने
कोषिश गरौं। किनकी मलला युसोफजाई र मनाल अल सरीफलाई यो क्रोधी र पापी समाजले जन्माएका
सुपुत्रीहरु हुन।
बिजे "बिद्रोही" राई
ठुलोदुम्मा-९, भोजपूर
हाल: ईजरेल