इज़रायल माघ २९,
नारीदर्पण : हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्र इजरायल आईपुग्नु भएको छ। इजरायलको तेलअविव शहर मा शुक्रबार February 14, 2014 मा आयोजना हुन् गैरहेको भव्य कार्यक्रममा सहभागी हुन मिश्र यहाँ आउनू भएको हो। कार्यक्रममा सो संस्थाको लागि १०० अमेरिकी डलर माथीको सहयोग गर्नेहरुलाई मिश्रको हातबाट सम्मान गर्ने कार्यक्रम रहेको स्रोत ले जनाएकोछ ।
इजरायलमा रहने सम्पूर्ण नेपाली संघसंस्था तथा दाजु भाइ , दिदी बहिनीहरुलाई यस पुण्यकार्यमा सहभागी हुन हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रबिन्द्र मिश्र ले अनुरोध गर्नु भएको छ । हेल्प नेपाल नेटवर्क १० करोडको परोपकारी अक्षयकोषको दौरानमा रहेको छ। संसारभर रहेका नेपालीहरुको सहयोगबाट सामाजिक कार्यमा लगानी गर्नको लागि सो कोष स्थापना गरिएको हो।
हालसम्ममा नेपालका थुप्रै विपन्न तथा दुर्गम गाउँहरुमा यस संस्थाबाट परोपकारी काम भईसकेको छ। हेल्प नेपाल नेटवर्कको दश करोड अक्षय कोषको लागि इजरायलमा सहयोग अभियान सुरु भएको हो ।
नेपालीले नै नेपाललाई सहयोग गर्नु पर्छ भन्ने उदेश्यका र सकारात्मक सोचका अघि बढेको यस संस्थाले थुप्रै उदाहरणिय सामाजिक कार्य गर्दै आएको सबै सामु सर्व बिधितै छ । यस "हेल्प नेपाल नेटवर्क" मार्फत केहि गर्न तत्पर इजरायलमा कार्यरत नेपालीहरुले रु. चालिस लाख भन्दा बढी सहयोग रकम उठाएका छन्।
हेल्प नेपाल नेटवर्कको यस अभियानमा मात्र नेपालीहरुको सहयोगमा रु.१० करोडको अक्षय कोष खडा गर्ने महत्वाकांक्षी लक्ष्य सहित स्थापित यो एउटा महान उद्देश्य हो । स्वदेश तथा विदेशमा रहेका नेपालीले यस अभियानलाई तन, मन र धनले सहयोग गर्दै आउनु भएको छ । 'हेल्प नेपाल नेटवर्कले अहिले देशभित्रका स्कुल, लाइब्रेरी, स्वास्थ्य उपहार र आपतकालिन सेवा जस्ता थुप्रै सामाजिक कार्यहरुमा सहयेाग पुर्याउँदै नयाँ सँरचनाका साथ अगाडी बढाउँदै आएको कुरा सबैमा बिदितै छ। यस सकारात्मक र पवित्र कार्यको लागि हामी पनि केहि गरौँ भन्ने अभिप्रायले अघि बढेकाछौं'' हेल्प नेपाल नेटवर्कको रु १० करोडको परोपकारी अक्षय कोष अभियानको सहयोगार्थ इजरायलमा गठित तदर्थ समितिका पदाधिकारीहरु बताउँछन् ।
मिडिया पार्टनर: एनपि न्यूज डटनेट, सिएनन इ न्यूज डटकम, नारीदर्पण डटकम, लाईट नेपाल डटकम रहेका छन् ।