" शिक्षा र गुरु "

गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ? मैले यसरी प्रश्न उठाएर कुनै खाश एक बिषय पढाउने गुरुको चर्चा गरि रहेकी छुईन  म यस्ता गुरुको कुरा गरि रहेकी छु ,जुन जीवनको मार्ग दर्शन हुन्छन्  जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरि दिन्छ जसको करुणा वा संगत,सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याई दिन्छ  

अन्धकारको भय बाट उज्यालो तिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ  सहि र गलतको पहिचान बाट मानिस भित्रको अज्ञानता ,अहमता हटाउदै जसरी अँध्यारोमा राखिएको डोरीलाई सर्प भनेर मृतु हुने डर भै थर्थर हात खुट्टा काप्दै मुटु चलन नसकेको अबस्थामा ज्ञान रुपी दियोको सानो प्रकाशले यथार्तलाई औलाई आखा उघारी दिदा निर्धक्क हुन्छ मानिस हो त्यस्तै ज्ञानी जसले अन्धकार बाट उज्यालो प्रकाश तिर लमाउने गुरुको कुरा गर्दै छु म  जब म यी सानो कमलका मुनाहरुलाई गुरु संगै जिम्मा लगाएर परदेसिन बाध्य भए त्यो अबस्थामा मेरो दुइ मुटुहरु यस्ता थिए अनि उनीहरुलाई मेरो सम्झना यसरी दिन चाहे ,.....

"अहिलेको अबस्थामा ,"

साच्चै तिमी त् अब बाबु पर्देसी पनि भै सकेका छौ  अध्ययन गर्ने अबशरमा धेरै किसिमको अनुभूतिहरु गर्ने क्रममा ,दुख,दर्द,पिडा कष्ट ,अनेकौ आइ पर्ने अवरोधहरुको सामना गर्नु पर्ने हुन्छ त्यो बेला तिमीले त्यस्ता गुरुको बारेमा के विचार गरेका छौ त् ? हेर बाबु हाम्रो ,गाउँ घरमा धेरै यस्ता पनि छन् ,जसले विभिन्न किसिमका फोटोहरुलाई गलाको हार बनाएर झुन्ड्याउदै हिड्ने गर्दछन ,कोहि कसैको किताब पढेर आफुलाई सिरोधार्य गर्दछन र त्यै नै आफ्नो जीवनको लागी सम्पुर्ण सत्य, कुरा हो भनेर सोच्ने गर्दछन अनि आफ्नो सबै प्रश्नको जवाफ त्यसमा मात्र सिमित छ भनि खोज्दछन 

मैले त् यस्तो पनि देख्ने गरेका छु बाबु , कोहि शिष्य अरु गुरुलाई एक पैसाको पनि ठान्दैन्न ,! यस्ता अनगन्ती हजारौ लाखौ व्यक्तिलाई आफैले मात्र सत्य थाहा पाएको भनेर प्रभावित गर्न खोज्ने ,आफुमामा मात्र सम्पूर्ण कुराको ज्ञान र मोक्ष्य भण्डार पाएको छु भनेर दाबी गर्ने गुरुहरु हुदा हुदै पनि फेरी पुनः गुरुहरु कसरी र किन जन्मेका हुन् त् ? भन्ने कुरालाई तिमीले अलि कति पनि भित्रि` आत्मा देखि महसुस गरेका छौ त् ? विचार गरेर हेरेका छौ त् ? अनि तिमी त्यस्ता गुरुहरु मध्य कसैका अत्यन्त प्यारा छौ कि बाबु ?

"शिक्षाको क्रममा "
साच्चै निर्धक्कले भन्नु पर्दा म भने एउटा मात्र गुरुको फ्यान कहिलै हुन् सकिन । मैले त् जहिले पनि गुरुहरुलाई एउटा स्वच्छ हावा प्रदान गर्ने झ्याल र त्यहाबाट टाडा टाडा आखाले भियाउँजेल सम्मको दुरी बाट देखिन दृश्य अनि ,बिभिन्न आकृतिहरुलाई मनन गराउने झ्यालको रुपमा लिने गरे  किन भने जसरी सिमित ज्ञान र आग्रह्हरुको पर्खाल भित्र बाची रहेको .बेला कोठा भित्रको चार पर्खालबाट घेरिएको कुठित मन भएर अँध्यारोमा रुमलाई रहेको मानिसलाई झ्याले त्यस पर्खाल भित्र बाट घेरिएको अँध्यारो कोठालाई बिहानको सुर्यको उज्यालो प्रकाश त्यस झ्यालको खापा खोल्दा घर भित्रको रौनकता , दिएको न्यानो अनुभूति र त्यहाबाटदेखिने पर्खाल बाहिरको ठुलो संसार हेर्न सधाई रहेको हुन्छ , त्यसै कारणले होला मानिसको जीवनमा गुरुको महत्वपूर्ण भूमिका भएको हो 

हेर बाबु जसरी हामी झ्यालको नजिक जान्छौ अनि दृश्यहरु पनि फराकिलो रुपमा देखिदै गएको पाउछौ ,हो ठिक त्यसै गरि गुरुहरुको आत्मियता,र उनीहरु संगको नजिकपनले तिमीहरुलाई बुझ्न र देख्न सक्ने सत्यको दायरा फराकिलो भएर आएको पाउनेछौ । तर कुनै एउटा झ्यालबाट एउटा पल्ला उघारेर हेर्दा वा एउटा झ्यालबाट मात्र अबलोकन गर्न खोज्दा चारै दिशाको दृश्य अवलोकन गर्न सकिदैन ! के त्यो चार तिरको पर्खाल बाट धेरिएर बनेको घर भित्र चारै कुनाको दुनियाँ देखिन्छ र ? के एउटा कुनाको झ्याल खोल्दा सबै कोठामा उज्यालो प्रकाश आउछ र ?झ्यालको त् सिमित दायरा हुन्छ नि हैन र ?  हैन भने एकपल्ट आफ्नै घरको झ्यालबाट विचार गरेर हेर त् ? के पुर्व बाट देखिने झ्यालको अबलोकन तिमी पच्छिम झ्याल बाट गर्न सक्छौ त् ? त्यस्तै उत्तर बाट हेर्ने झ्यालको दृश्य तिमीले द्क्षिनको अवलोकन गर्न सक्छौ त् ? के घरको एउटा झ्याल मात्र खोल्दा सबै कोठामा उज्यालो प्रवेश गर्छ त् ?हो यदी तिमीलाई चारै कुनाको दृश्यको अवलोकन गर्नु पर्दा ती चारै दिशामा पुग्नु र , सबै कोठामा उज्यालो बनाउन चारै दिशाको झ्यालको खापा खोल्न आवश्यक र अनिबार्य हुन्छ हैन त् बाबु !" त्यसैले मलाई किन किन गुरुहरु पनि त्यस्तै लग्ने गर्छ बाबु 

तिमी त्यो सानो झ्यालबाट मात्र बाहिरको दुनियाँलाई चियाउँन हैन, अब त् तिमीले कसरि मानिसले बाच्नु पर्दो रैछ अनि के कस्ता गुरुहरुको जीवनमा आवश्यक पर्छ भनेर खोज्ने क्रममा अध्ययन गर्न संसारलाई त्यही सागुरिएको प्रकाशले मात्र सिमित नरहेर त्यो दुनियाँमा पुगेका छौ जहाँ बाट तिमीहरुले संसारलाई खुल्ला सामुन्द्रिक किनारबाट महसुस गर्दै आफ्नो जीवनलाई मानबको परिचय र शिक्षाको महत्व दिन उदारणीय हुने प्रयाशमा लागी परेका छौ र पनि कहिलै एउटा गुरुको भरमा नपरे बाबु 

कहिले काहिँ एउटा गुरुको भरमा मात्र पर्दा कतै दुर्घटना पो हुने होकी ? जीवन अन्धकारमा पर्ने पो होकी ? हेर मलाई कहिले काहिँ यस्तो सम्म लाग्छ कुनै गुरुको शिक्षा लिने क्रममा त्यही ज्ञान भित्र मात्र निहित हुदा अनि झ्यालको नजिकै पुगेर सिसा नजिकै बाट हेर्दा ,लेग्रा लेग्री लागेको देखिन्छ, अनि कुना कानिमा भएका फोहोर, घुलो हरूले वाक्क लाग्ला झैँ मनलाई बस्न नसक्ने बेचैन बनाउछ हो त्यसै कुनै गुरुको अति नजिक पुग्दा उनि भित्र रहेको मानवीय कमजोरीहरुलाई तिमीले देख्न सक्नेछौ र महसुश गर्न सक्नेछौ  जसरी कहिले काहिँ अति नै घुलमिल गरेर नजिकै बस्न पुग्दा काखी हवास गनाउँन सक्छ  

यस्ता गुरुको कमजोरीहरुलाई यदी तिमीले महसुश गर्न पुग्यौ भने त्यो तिम्रो गल्ति अबश्य हैन किन कि कुनै एक मात्र गुरुलाइ सफा , कन्चन ,निर्मल र पूर्ण देखेर उनैलाई मात्र संसारको पुज्य ठान्ने र एउटा झ्यालको कुनाबाट नै संसारको अवलोकन गर्छु भन्ने आशामा अल्झिएर बसेका मानिसहरु जब गुरुको अति नै नजिक पुग्छन र त्यहाँ बाट खुर्मुरिएर सिडीको माथिबाट चिप्लिएर लड्न सक्छन त्यस्ता कयौ घटनाहरु मैले आखाले देखेकी छु,अनि सुनेकी छु  तर यहा बाबु मैले कुनै गुरुलाई शंका ,अनस्था गरेर अपमानित गर्न खोजेकी पनि हैन ,किन भने गुरुहरु भनेको त् आदरणीय हुन्छन ,सम्मानीय, हुन्छ ,अनि हुनु पर्छ  

गुरु भनेको पुज्यनीय र प्रिय हुन्छन ती झ्यालहरु झैँ जसले स्वस्छ हावा प्रदान गर्दै हामीलाई जीवन बाच्न केहि राहत दिएको हुन्छ ! जसरी घर बनाउदा जति महत्व झयालको हुने गर्दछ त्यस्तै हाम्रो जीवन वा हर मानब प्राणीको जीवनमा शिक्षा दिने गुरुको महत्व हुने गर्दछ तर पनि बाबु संसार भरिको यथार्त र सत्यता थाहा पाउन कुनै एक गुरुको माध्यमबाट सम्पूर्ण कुरा प्राप्त गर्न सम्भव छैन आजको आधुनिक युगमा दिनानु दिन नयाँ नयाँ चुनौती आउने गर्दछन,......। 

मानिसको जीवनको मोल थाहा पाउन रातमा सुतेको मानिसले बिहान उठ्दा आफुलाई धन्य ठान्ने गर्दछन ,किन कि राति सुतेर उठ्दा संसारमा अर्कै अन्य सत्य घटनाहरु घटी रहेको पाइन्छ भने एक्कै समयमा ज्ञान प्राप्तिका लाखौ यात्राहरु संग संगै धेरै कुराहरु जान्ने हुन्छन  त्यसैले बाबु हिजो आज त् नौलो किसिमका परमाणु तथा आयमहरु देखा परि रहेका छन ,अनेकौ किसिमका परमाणु हरियारहरु देखापर्ने ,लगायत संसार हेर्न,काला, संगीत,सुन्न ,नयाँ टिभीहरुमा आउने नयाँ कुराहरुको बारेमा जानकारी प्राप्त गर्न ,ज्ञानका सत्संगको बिषय मात्र नभएर प्रत्येक्ष् जीवनमा अनुदित र आचरण ,काला इत्यादिको ज्ञान हुनु पर्ने आवश्यकता पनि हुन्छ भन्ने मैले महसुश गरेको छु त्यसैले बाबु कुनै एउटा गुरुको मात्र शिष्य भएर त्यो सबै कुरा प्राप्त हुन् के सम्भव छ र ?

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com