पटिहानीमा हुने भलिवल प्रतियोगिताको तयारी तीब्र I

फागुन ०५ चितवन

शिशिर सिंखडा : पद्मोदय युवा क्लव पटिहानी–३ पदमपोखरीको आयोजनामा आगामी फागुन १४ गते देखि जिल्ला स्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । महाशिबरात्रीको अवसर पार ेर आयोजना गरिएको सो प्रतियोगितामा जिल्लाका १६ वटा समुहले सहभागिता जनाउने क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिनुभयो । 

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न खेल मैदान व्यवस्थापन, टिम छनोट एवम् निर्णायकहरुको समेत व्यवस्था भईसकेको क्लवका अध्यक्ष सेढाईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्धितीयहुने टिमले २० हजार रुपैया सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति चितवन र पटिहानी खेलकुद परिषद प्रर्बद्धक रहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com