चितवन ०५ फागुन
होमनाथ सापकोटा : गामवेसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माणको
लागि इजरायलवाट ७० हजार रुपैया सहयोग प्राप्त भएको
छ ।
वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा र
हनुभएकी पारु लोहारको सक्रिएतामा संकलन गरेको सो
रकम केन्द्रमा आईपुगेको अध्यक्ष केपिकिरण शर्माले
जानकारी दिनुभयो । लोहारले केन्द्रका भवन निर्माणको
लागि आर्थिक संकलन गर्न अभियानै सञ्चालन गर्नुभएको
थियो ।
आर्थिक संकलन अभियनका क्रममा विमला
लिम्बु ५१ निश, सान्ता देवान ५१ निश , हेराज शर्मा १५०
निश , लक्ष्मी थापा १०० निश , हिमाली रे ३१ निश ,रुपा
खाती ५० निश , मीरा लामा १०० निश ,सम्झना कोइर
ाला ५० निश ,मीना खड्का १०० निश , रेवाता निरौला ५१
निश , कुमारी घिमिरे २५ निश ,श्याम श्रेष्ठ ५१निस
मीना छेत्री १००निस , पारु लोहार १०० डलर सहयोग
गर्नुभएको लोहारले जानकारी दिनुभयो ।
त्यसैगरी
कल्पना गुरुङ पोखरा ७० सेकेल,माया गुरुङ ५० सेके
ल,गंगा थापा झापा २०० सेखेल, मिथु बराइली
सिलिगुरि इंडिया ५० सेकेल, रीना प्रधान सिलिगुरि
इंडिया ५०सेकेल, मीना सिलिगुरि इंडिया ३० सेके
ल सहयोग गर्नुभएको छ । त्यस्तै माया तामांग नुवाको
ट ५१ सेकेल, पुष्पराज आचार्य झापा १०० डलर, इन्दिरा
मिश्र झापा १०० सेकेल,मीरा नन्द मुख्या झापा ५० से
केल, अनिता मुख्य झापा ५० सेकेल, टिका गुरुङ मोरङ १
०१ सेकेल, मीरा लोहार सुनसरी २०० सेकेल सहयोग
गर्नुभएको लोहारले जानकारी दिनुभयो ।
संरक्षणके
न्द्रको ४ कोठे टहरो निर्माण गर्न कम्तिमा १५ लाख रु
पैया खर्च हुने भएपनि हाल सम्म १ रुपैया पनि नजुटेको
अवस्थामा इजरायलवाट भएको सहयोग प्रति केन्द्रका
अध्यक्ष केपिकिरण शर्माले आभार प्रकट गर्नुभएको
छ । साथै उहाँले इजरायलवाट भएको सहयोगले केन्द्र
लाई हौसला प्रदान भएको बताउनुभयो । केन्द्रमा
चितवन र मकवानपुरको पहाडी गाविसका ५७ जना चेपाङ
वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । के
न्द्रका दींगो आर्थिक श्रोत नहुँदा दैनिक मागेर गुजार
ा चलाईएको छ । ।