फागुन ०५ चितवन
शिशिर सिंखडा : चितवन जिल्लालाई २०७२ साल भित्रमा पूर्ण साक्षर जिल्ला
बनाउने उद्धेश्य अनुरुप पूर्वी चितवनको पिठुवा गाविसमा आजवाट साक्षर
ता कक्षा सञ्चालन गरिएको छ । गाउँ शिक्षा समितिका अध्यक्ष चन्द्र
मणि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा साक्षरता कक्षाको
उद्घाटन गरिएको हो ।
कार्यक्रममा साक्षरताको महत्व र उद्धेश्यका
वारेमा पिठुवा श्रोत केन्द्रका श्रोत व्यक्ति रामकृष्ण लम्सालले प्र
कास पार्नुभएको थियो । कार्यक्रममा पाँच जना निरक्षरहरुलाई
कपि,कलम र किताव हस्तान्तरण गरी साक्षरता कक्षाको सम्पूर्ण राजनीतिक
दल र श्रोत व्यक्तिले उद्ध्घाटन गर्नुभएको हो ।
कार्यक्रममा ने
पाली काँग्रेसका गाउँ सभापति डण्डपाणि लामिछाने,एमाले अध्यक्ष
हरिकुमार श्रेष्ठ, एमाओवादीका अध्यक्ष रमेश लामिछाने, नेकपा–
माओवादीका लक्ष्मी न्यौपाने, जनजाती उच्च माविका प्राचार्य विनो
द अधिकारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । पिठुवा
गाविसमा आजवाट ६५ वटा साक्षरता कक्षा सञ्चालन हुने छ ।