काठमान्डू फागुन १० ,
१९ औं संस्करणको मिस नेपाल-२०१४ का लागि आवेदन फारम खुला गरिएको छ। बैशाख २० गते आयोजना गरिने उक्त प्रतियोगितामा मिस चितवन, मिस पोखरा तथा मिस पूर्वाञ्चल प्रतियोगिताका विजेताहरूले सीधै सहभागिता जनाउनेछन्।
प्रतियोगिताका लागि इच्छुक युवतीहरूले आयोजक संस्था द हिडेन ट्रेजरको कार्यालयमा फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् भने missnepal.com.np बाट समेत अनलाइन फाराम भर्न सक्छन्। यस पटककी विजेताले मिस नेपाल वल्र्ड-२०१४ को उपाधिसहित नगद पुरस्कार १ लाख रुपैयाँका साथमा हुन्डाई कार तथा सांग्रिला हाउजिङ प्रालिका तर्फबाट अपार्टमेन्ट प्राप्त गर्नेछिन्। यसैगरी प्रतियोगितामा फस्ट रनर्सअप मिस नेपाल अर्थ तथा सेकेन्ड रनर्सअप मिस नेपाल इन्टरनेसनलका रूपमा छानिनेछन्।