बलिउडमा २० वर्षदेखि सक्रिय अभिनेत्री शिल्पा शेट्ठी लामो समयपछि एउटा एक्सन चलचित्रमार्फत पर्दामा देखिने भएकी छिन्।
स्रोतका अनुसार चलचित्र 'ढिच्याउँ' बाट उनी बलिउडमा पुनः देखा पर्न लागेकी हुन्। आफैंले निर्माण गर्न लागेको यो चलचित्रमा शिल्पाका साथमा सन्नी देओल र हरमन बावेजा पनि रहनेछन्। एक्सन थि्रलरका रूपमा प्रस्तुत हुने यो चलचित्रका लागि शिल्पाले थुप्रै स्टन्ट गरेको स्रोतले जनाएको छ।