काठमाडौं माघ २४
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले नाट्यसम्राट्
बालकृष्ण समको ११२ औँ जयन्तीको उपलक्ष्यमा बालकृष्ण समको पूर्णकदको सालिकमा
माल्यार्पण गर्नुभयो ।
सोही अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र
महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदका सालिकमा पनि माल्यार्पण गर्नुभयो
।
विशिष्ट अतिथि 'विश्व नारी नेपाली साहित्य सम्मेलन'को
राप्ती अञ्चलका अध्यक्ष तथा नेपाल सरकारबाट गठित ‘आदिकवि भानुभक्त आचार्य
द्विशतवार्षिकी मूल समारोह समिति’का सदस्य र राप्ती अञ्चलका संयोजक गायत्री
घर्ती मगरलाई त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, कोषाध्यक्ष उषा
शेरचन र सदस्यसचिव नरेन्द्रराज प्रसाईले स्वागत र सम्मान गर्नुभयाे । त्यस
अवसरमा श्रीमती घर्ती मगरलाई त्रिमूर्ति निकेतनको प्रतीक चिन्ह प्रदान
गरिएको थियो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित विशेष काव्यसभामा
गायत्री घर्ती मगर, उषा शेरचन, मनोज न्यौपाने, बाबा वस्नेत, यादव भट्टराई र
ललिता दोषीले कविता वाचन गर्नुभएको थियो ।
त्रिमूर्ति निकेतनका
अध्यक्ष इन्दिरा प्रसाई, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक
प्रा.ठाकुर पराजुली, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा सम जयन्ती समारोहका
सञ्चालक ललिता दोषीले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र
महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हुन्छ भन्नुभयो ।
नरेन्द्रराज प्रसाई
संस्थापक तथा सदस्यसचिव
त्रिमूर्ति निकेतन