कोरिया माघ २४,
बुद्ध गौतम : हाम्रो यस भर्खर भर्खरै परिकल्पना गरियको "गरिब तथा अनाथ बालबालिका संरक्षण" अक्षय कोषको बारेमा एउटा सान्दर्भिक र दिर्घ कालिन अबधारना लियर आयको छु, यसका नीति, नियम, कार्यक्रम र भाबि दिनका दिर्घकालिन योजना हरु यस प्रकार छन् ।
सर्ब प्रथम त जानकारी गराई हालौ यो संस्था कुनै व्यक्ति बिशेस स्वार्थको लागि केन्द्रित नभयर साच्चै नै समाज र रास्ट्रको हितको लागि एक भयर रहनेछ, न यो कुनै NGO, INGO को रुपमा दर्ता भयर बाहिर बाट डोनर लिदै आफु घुम्ने कुर्सीमा हल्लियर पचाउने यसको मनसाय नै हो । यो त हामि हामि बिबेकसिल लेपाली हरु मिलि आफ्नो सानो ठुलो हरेक पारिश्रमिक कमाइ बाट केहि अंस कटायर यता छुट्याउदै देश र समाजको लागि तात्विक योगदान पुर्याउ भन्ने मनसायले स्थापना गरियको यो सामुहिक अभियान हो, यो कुनै सानो समुहमा मात्र केन्द्रित नभयर बृहत र राष्ट्रिय अभियानको रुपमा स्थापित भएर रहने छ । धेरै भन्दा धेरै साथि भाई हरुको यसमा प्रतक्ष संलग्नता हुने गरि यस कोषलाई विस्तार गरिनेछ ।
यो कोष कुनै नाम दाम र पदको लागि पनि हुने छैन पुरै निस्वार्थ भावनाले आफु नेपथ्यमा रहेर देस र समाजको लागि खास योगदान दिउ भन्ने यसको अभिप्राय लक्ष हो । यस कोषमा आबद्द सबै साथि हरुको को समान हक,अधिकार र हैसियत रहने गरि कोष निर्धारण गरियको छ । यस कोषमा आबद्द भएर नियमित सहयोग गर्दै जानेलाई यस कोषको अभियानकर्ता या अभियन्ता भनेर जनाइने छ भने बाकि १,२ पटक मात्र सहयोग गरेर आबद्द मात्र जनाउने मित्रहरुलाई यस कोषको मेम्बरको रुपमा लीइनेछ ।
अभियान कर्ता हरुले आफ्नो हरेक पारिश्रमिक कमाई बाट केहि अम्स छुट्टयायर यता धेर थोर सहयोग गर्दै जानु पर्नेछ तर सहयोग रकम भने यति उति भनेर तोकिने छैन । पछी कोरिया छोडेर नेपाल गैसकेको खण्डमा पनि यस कोषका अभियन्ताहरुले आफ्नो त्याहाको कमाइ अनुसार मासिक १०० मात्र किन नहोस नियमित यस कोषमा बचत गर्दै जानु पर्नेछ । ब्यबस्थापकले कोषमा भयको सबै हिसाब किताबलाई पुरै पारदर्सिता बनाइ नियमित अपडेट गर्दै जानु पर्नेछ । सम्भब भय सम्म यस कोषको रकम सबै अभियन्ता हरु बीच सामुहिक रुपमा रहने ब्यबस्था मिलाइने छ यदि त्यसो नमिलेर ब्यबस्थापक सग रहनु परेमा त्यस ब्यबस्थापक्को पुरै परिचय खुल्ने खालका कागजात हरु अभियन्ता हरु बीच पेस गर्नु पर्नेछ यी त भयो यस कोसको नीति नियमको बारेमा ....
अब कार्यक्रम र भाबि योजना हरुको बारेमा :
तत्कालको लागि हामीले याहा कोरिया बाट केहि सिमित बालबालिकाको मात्र यहि बैसाख बाट चालु हुने गरि सहयोग पुर्याय पनि पछी नेपाल गै सके पछी भने यसलाई केहि परिमार्जित गरि अरु ब्यबस्थित र पारदर्सी ढंगले यस अभियानलाई बृहत रुपमा फैलाइनेछ । बालबालिका लाई अहिले सहयोग गर्ने भनियको नियमित स्टेसनरी, बुरुस, मंजन,चप्पल, साबुन आदि खरिदको लागि १ जना बालबालिका बराबर मासिकी २००, स्कुल ब्याग खरिदको लागि बर्सको १ पटक २५०, स्कुल पोसाक खरिदको लागि बर्सको एक पटक ५०० र बाहिरि पोसाक खरिदको लागि बर्सको एक अर्को पटक ५०० को दरले दिने भनियको छ ।
पछी नेपाल गैसके पछी त्यसरी आर्थिकको सहयोगको सट्टा सम्भब भए त्यस्ता सामग्री हरु खरिद गरि सम्भब भय सम्म घर घर सम्म पुर्याइने यदि त्यसो नभय तिनीहरुले पढ्ने स्कुलबाट वितरण हुने गरि सबै ब्यबस्था मिलाइने छ । अत्यन्तै बेसाहारा बन्न पुगेका बालबालिकाहरुको लागि भने जसको अबिभाबक कोहि नभयर ब्यबारिसे भयका छन् हो त्यस्ता हरुलाई भने आफ्नै आश्रय स्थल खोलि त्यहा ल्यायर अस्रय दिदै स्याहार सुसारको साथै उचित पठन पाठन गराइने छ ।
जुन बालबालिकाको अबिभाबक भय पनि आर्थिक स्थिति अत्यन्तै नाजुक भैं पठन पाठन बाट पुरै बन्चित हुन पुगेका बालबालिका हरु छन् तिनी हरुलाई भने तिनी हरुको अबिभाबक्को न्यानो माया बाट बन्चित नहुने गरि तिनीहरुलाई राहत कार्यक्रम तिनीहरुकै घर घर सम्म पुर्याउने यदि त्यो सम्भब नभय सम्बन्धित स्कुल बाट वितरण हुने ब्यबस्था मिलाइने छ ।
तर हामीले खोल्ने भनियको अनाथलय अरु साना तिना आश्रम जस्तो मात्र नभयर देशकै एउटा उच्च र नमुनाको रुपमा रहने गरि ब्यबस्थापन गर्नको लागि हरदम पहल गरिनेछ । जसको नाम हुनेछ "अनाथ भिलेज" यो अनाथ भिलेज कुनै बीच सहरमा नभयर सहरको आस पास या सुद्द ग्रामिण भेगमा बन्नेछ जहा सहरमा ब्यबारिसे बनेका सडक बालबालिका लाई सडक भन्दा बाहिरको स्वच्छ सफा र सान्त बाताबरन्मा राख्दै तिनीहरुलाई फेरी सहि मार्गमा फर्काउन र मनोरम एबं ताजा परिबेस सगै घुलमेल हुने बाताबरण दिन सकियोस साथसाथै थोरै खर्च र कम लागतमा मा धेरै भन्दा धेरै लाभनत्व लिन सकियोस भन्ने यसको मेन उदेस्य हो । हामीले खोलेको आश्रममा अनाथ बालबालिका र सडक बालबालिकाहरु दुवै रहनेछन ।
अहिले यस कोषको नाम "गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोस भानियता पनि उतिखेर यसलाई केहि परिमार्जन गरि "अनाथ तथा सडक बालबालिका संरक्षण" अक्षय कोस भनेर राखिने छ । सुरुमा कम्तिमा पनि १०० जना बालबालिकाको लागि संरक्षण हुन मिल्ने गरि स्थानीय स्रोत र साधनमा सजिलै उपलब्ध हुने बाम्बो बाट भबन हरु निर्मित हुनेछन जहा किचेन, बेड रुम, बाथ रुम, टिभी रुम अलग अलग हुनेछन भने रास्ट्रिय झण्डा र रास्ट्रिय परिचन बोकेका पेंटिंग र बिस्व भरका महान व्यक्तिहरुको तस्बिर हरु भिलेजको कम्पाउण्ड वरी परि चित्रण हुनेछन ।
त्यहाको एउटा अर्को छुट्टै बिसेस्ता हुनेछ जुन यस कोषका जति पनि अभियन्ता हरु हुनेछन तिनीहरुको पुरा नाम ठेगाना र तस्बिर सहित डिजिटल टाइपिङ् र पेंटिंग गरि छुट्टै कोठामा ठुलो बोर्डमा सजायर राखिने छ यसको कोषको हरेक बार्सिकी उपलक्ष्यमा ति सबै अभियन्ता हरुलाई निमन्त्रणा गरि आय सम्म सबैलाई सम्मान एबं अभिनन्दन गरिनेछ बाकि आबद्द भयर १ पटक सहयोग पुर्याउने महानुभाब हरुको नाम मेम्बरको रुपमा जनाउदै नाम र ठेगाना ति बोर्डमा ठुला अक्षरमा डिजिटल टाइपिङ् र पेंटिंग भयर लेखियर रहनेछन । त्यस रुममा यस कोषको सुरु देखि अन्तिम सम्मको सम्पूर्ण हिसाब किताब हरुको एउटा छुट्टै फाइल हुनेछ त्यो चाहेको मान्छे जसले पनि जुनसुकै समय हेर्न पाउने छन् ।
यो भयो यस कोषको सम्पूर्ण अबधारणा, अब यसलाई हजुर हरुको सल्लाह र सुझाब को आधारमा अनुचित कतै भय परिमार्जन गरि उचित गराउन सकिन्छ त्यसको लागि याहा हरुको सल्लाह सुझाब र प्रतिक्रियाको पर्खाइमाछौ साथै यस महान अभियानमा हजुर पनि सामेल हुन चाहानु हुन्छ भने सम्पर्क गर्नु होला ००८२१०३१४५८६८७
"गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोस परिवार"