सिमाना पारी दाजु र सिमाना पारीनै म। दुवै ध्रुब बिपरित छन र पनि सम्झना स्वरुप पाएको साब्लाबुङ साहित्यिक पत्रीका बर्ष ३ र पुर्णाङ्क ५ आज धेरै महिना भैसक्यो। दुईशब्द मानवियता प्रकट गर्न सकिनरहदा अलि लज्जित भने छु। दाजुले पुस्तकभित स्पष्टसँग बिजे भाई दाजुको सप्रेम सम्झना भनेर लेख्नुभएको छ। यो शब्दलाई पनि मैले अपनत्व दिन नसकेकोमा आफैलाई बोर लागिरहेको समय पर्खिरहेको थिएँ।
आज अचानक यो साहित्यिक पल्टाउँदै जाँदा धेरै खुशी लाग्यो। यो साहित्यिक पत्रीकाहरुको माझ साब्लाबुङ पत्रीकाको मुख्य उद्देश्य र राज कुमार दाजु प्रति धेरै कृतज्ञ रहें। किनकी यो पत्रीकाको उद्देश्यले मलाई धेरै फरक अनुभुती गरायो।
जुन अनुभुती हुन देश बिदेशमा रहेका नेपाली साहित्यकारहरुको जमघट जो आजसम्म कमै पत्रीका मा पाईन्छ। नेपाल, हङकङ, बेलायत, भारतका बिभिन्न राज्यहरुबाट नेपाली साहित्यकारको हस्ताक्षर, अमेरिका, युरोपका बिभिन्न देशमा अडिनुभएका नेपाली सहित्यिक हस्ताक्षर, भन्नै पर्दा ग्लोब भरि रहनु भएका नेपाली साहित्यकारहरुको जमघट यो पत्रीका मार्फत मलाई अति नै अबिष्मरणिय लाग्यो।
डा कुमार प्रसाद कोईराला ज्यूको डा गोबिन्दराज भट्टराई ज्यूको बारेमा कोर्नुभएको आलेख, डी बी पालुङवा जीको कबिता भित्रकी अप्सरा, दाजु गुरुङको गीतमा उहाँको अप्सराको उपास्थिती, सञ्जु बजगाईको आधुनिक एबं परम्पराको मझधारमा अड्किएको मन, अमर नेम्बाङ जीको अमेरिकामा नेपाली डायस्पोरा कबिता: एक बिहङ्गम दृष्टि समिक्षा, देहरादून बाट कबि भुपेन्द्र अधिकारी ज्यूको कबिता भित्रको "तिम्रा हिंजोहरुको बर्तमान", शर्मिला खड्का दाहाल दि ज्यूको कार्निभलको त्यो मेला नियात्रा, मिजास तेम्बे जीले जर्मनीबाट कबिता मार्फत नै भन्नु भएको छ " म धेरै कुरा बुझ्दिन"।
मीरा थापाले ईजरायल बाट गजलका माध्यमबाट पोख्नु भएको मधुर मायुषी, कृष्ण प्रकाश श्रेष्ठ ज्यूको रुसको नेपाली साहित्यिक गतिबिधि, मनु लोहोरुङ यावाले न्युयोर्कबाट कबिताको सागरमा बगाएको एक कल्ली गुलाफ, लन्डन बाट जया राईले लघुकथात्मक "प्रश्न",देश सुब्बाको भयबाद भयरोग दर्शन, शिब गौतमजीले अमेरिकाबाट जोडेको कबिता मार्फत नयाँ पुराना बाटाहरु, बिक्रमबीर थापा ज्यूको बार पत्थर सिलोङ भारतबाट संस्मरण कथा नेपाली मोनालिसा, कृष्ण प्रसाईंजीको नियात्रा "पारखी पहाडहरुसँग"। जगत नबोदितजीको बेलायतबाट कथा "सरी सरुमा"।
कबि मनोज बोगटीको "देश","खडेरीको ब्यक्तित्व" र "हलगोरू" कबिताहरु, कथाकार कृष्णपक्ष थापा ज्यूको यथार्थतालाई उभाउने कथा सूनको बाला लाउने धोको, रेगिस्तानी कबि तिर्थ संगम राईका कबिता "साकेलाको दर्पणभित्र अब्यक्त प्रेम कथाहरु"। रुसी कबि ईगोर एलिएसेएभले नेपालको भ्रमण गरि नेपालकै मानचित्रलाई लक्षित गरेर लेखिएको कबिता "स्वर्गद्वारीको पुल" अनुवाद कृष्णप्रकाश श्रेष्ठ जीको। कथाकार दीपा एवाई राईको कथा हङकङबाट "ताजकुचीनको पर्दा"। कबि कीर्तिमणि खतिवडाजीको मणिपुर आसामबाट कबिता "तिमीलाई के थाहा"। कबि दीप्स् शाहजीको लेख "ईजरायली भुमिमा मौलाउँदो नेपाली सहित्य", कथाकार टोप बहादूर राईजीले हङकङबाट लेख्नुभएको संस्मरण कथा " मैले हारेको युद्द"।
कबि कुशल कुमार निराउलाको कबिता नारी महिमा। निबन्धकार दीपक भेटवालको नियात्रा "सिउल टावरको टुप्पोमा"।कबि मिलन खतिवडाले रुसबाट लेखेको बैशालु र नसालु गजल। लेखिका भारती गौतमले बोस्टन अमेरिकाबाट लेख्नुभएको लेख "महिला दिवस सहि परिपेक्ष्यमा"। कबि आशिष साम्पाङजीले हङकङबाट लेख्नुभएको कबिता "ईलेक्ट्रोनिक आन्दोलन" कथाकार हरिहर खनाल ज्यूले काठमाडौबाट लेख्नुभएको चिन्तन र चेतनात्मक कथा सुनौलो सपना र अध्याँरो गल्ली। गीत तथा गजलकार बैनी पबित्रा राईले बहराईनबाट लेखेको 'परी ज्युउँदै मरी" शिर्षकको मार्मिक गजल। लेखक भवानी अधिकारी ज्यूको ईम्फाल मणिपुरबाट लेख्नुभएको लेख "मणिपुरमा हामीहरु"।
अनुसन्धनात्मक लेखक देवराज राई जीको ऐतिहाँसिक लेख "बिस्वभर छरिएका गोर्खाली समाधीहरु"। मिजौरामका कबि तथा लेखक सुश्री लक्ष्मी [मिनु]जीको लेख "मिजौरामका गोर्खाली र हाम्रो पारम्परिक धर्म संस्कृति"। मस्कोका कबि भलादिमिर सिल्किनको कबिता जो रुसका लागी नेपाली राजदूत महामहिम सुर्यकिरण गुरुङप्रति लेखिएको छन्दोबद्द कबिता "नेपाली राजदूतावासमा"। लेखक खिलानाथ शर्मा अधिकारी जीको लेख जगुन तिनसुकिया आसामबाट 'आसामका केही साहित्य र संगठनका कुराहरु'। कबि मनोहर घर्तिमगरजीले रसियाबाट पठाउनुभएको कबिता 'मेरो छोराको जन्म'। बहुप्रतिभाशाली साहित्यकार र अमुर्तबोधी दर्शनका पथप्रदर्शक खगेन्द्र पन्धाक लिम्बु ज्यूले बैंकक थाईलैंण्डबाट पठाउनुभएको चोटिलो कबिता "आफ्नै हुलिया"। लेखक सुरेन्द्र लिम्बु परदेशीको लेख 'डायस्पोरा र नेपाली साहित्य' बिचार मञ्चन। कबि पि एम पर्देशीजीको कबिता 'टाँकी म मात्र के गरौं तर तिमी त्यस्तै थियौ'।
गजलकार किरन मेन्याङ्बोको मृदु गजल। डा प्रभा कैनीको नियात्रा 'सेरेना भिलेजको हासिला शरणार्थी'। लेखक सन्ध्या रेग्मी जीको देशी चिन्तन लेख 'परदेश,स्वदेश र सिर्जना स्रोत [प्रबासी नेपालीको देशप्रेम] बाट। कबि नरेश सुनुवार जी हङकङबाट जुर्मुराएर 'जल्लादहरुको बिरुद्द'कबिता लेख्नु हुन्छ। कबि प्रगती राई दक्षिण कोरियाबाट कबिता मार्फत 'हरियो कोरियाको गीत' लेख्नुभएको छ। डा लक्ष्मण प्रसाद गौतम ज्यू काठमाडौबाट 'त्रीभुवन बिस्वबिधालयको नेपाली पाठ्यक्रममा डायस्पोरिक साहित्य; एक सङ्क्षेपण' लेख्नुभएको छ। कबि बिजी श्रेष्ठ जीले लिस्बोन पोर्चुगलबाट आफ्नो कबितामा ' भो म कबिता लेख्दिन' भनेर कबिता लेखि पठाउनुभएको छ। कबि प्रबल प्रधान जीले पनि युक्रेनबाट नैतिकता शिर्षकमा आफ्नो दह्रो काब्यिक पेशकस छ। कबि सानु घिमिरे जीले पनि अष्ट्रेलियाबाट आफ्नो कबिता मार्फत 'जिन्दगीको सहयात्रा' गर्नुभएको छ।
कथाकार सुनिल संगम लिस्बोन पोर्चुगल मार्फत मारिलोलाई आफ्ना कथा मार्फत 'मैले मारिलोलाई हुन्छ भन्न पाईना' भन्ने गुनासो पोख्नुहुन्छ। कबि तिलक केसी रसियाबाट कबिता मार्फत खरो भएर कबिता लेख्नुहुन्छ ' रगत फेर्दै फेर्दिन' लेखक शुभ मुकारुङ आफ्नो लेख मार्फत किराँत राईहरुको मृत्युपछि चौतारो लाईदिने साँस्कृती रहेको आफ्नो लेख 'किराँत राई जातिको चौतारा संस्कृति' मार्फत प्रष्ट पार्नुहुन्छ। डा ज्ञानु पाण्डे आफ्नो लेख मार्फत 'डायस्पोराको सैदान्तिक आधार तथा नेपाली वाङ्मयबृत्तमा यसको चर्चा लेख्नुहुन्छ र यो साब्लाबुङको अन्तिम च्याप्टर कथाकार जयराज भटराईको कथा चोर गोजी मार्फत सकिन्छ।
यसभित्र जतिपनि कबिता, कथा, गजल, नियात्रा र लेखहरु छन बिस्वभरका नेपाली डायस्पोरा र नन डायस्पोराको उपास्थिती गराएको छ यो पत्रीकाले। सबैलाई उत्तिकै अवसर दिएर प्रकाशमा ल्याउनुहुने साब्लाबुङ युनिट हङकङ र प्रकाशक एबं सम्पादक राज कुमार राई दाजु प्रति हार्दिक हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। साब्लाबुङको पथ अनन्त रहोस। यहिं शुभकामना राजकुमार दाजु र साब्लाबुङ परिवारलाई।
बिजे बिद्रोही -ईजरेल।