चेपाङ संरक्षण केन्द्रको भवन निर्माण सुरु I

रत्ननगर ०७ फागुन 

होमनाथ सापकोटा रत्ननगर : आर्थिक अभावका बाबजुद पनि गामवेसीको चेपाङ संरक्षण केन्द्रको भवन निर्माण सुरु गरिएको छ । रत्ननगर–१० मंगलपुर मा केन्द्रको २ कोठे भवन निमार्ण गर्न लार्गिको हो ।

पञ्चकन्या सामुदायिक वन र पञ्चते जज्योति राप्रावि विद्यालयले प्रदान गरेको जग्गामा भवन निर्माण कार्य सुरु गरिएको छ । के न्द्रका अध्यक्ष केपिकिरण शर्माले शिलान्यास गर ी आज देखि भवन निर्माणको काम सुरु गरिएको बताईएको छ । २ कोठ भवन निर्माण गर्न ७ लाख खर्च लाग्ने अनुमान गरिएको भएपनि के न्द्र संग अहिले १ लाख ७५ हजार रुपैया मात्र र हेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । 

गैर आवासीय नेपाली संघका निर्वतमान अध्यक्ष जिवा लामिछानेले दिएको १ लाख र इजरायलवाट पारु लोहारले संकलन गरी पठाएको रमक मात्र केन्द्र मा रहेको उहाँले जानकारी दिनुभयो । रत्ननगर –१३ जयमंगलामा कोमलचन्द्र खनालको घर भाडामा लिएर सञ्थालन गर्दै आएको केन्द्र तत्काल सार्न दवाव आएपछि आर्थिक अभावका बाबजुद पनि भवन निर्माण गर्न थालिएको हो । 

 हामी संग १ लाख ७५ हजार रुपैया भन्दा पैसा छैन अध्यक्ष शर्माले भन्नुभयो घर निर्माण सुरु गर्ने र सहयोगीहरुलाई आग्रह गर्दै जाने सोसाईले घर निर्माणको काम सुरु गरेका हौं । केन्द्रमा ५७ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । यसै बीचसंरक्षण केन्द्रमा आश्रित वालवालिकालाई नवलपरासीको कावासोतीमा रहेको सत्यसाई केन्द्र ले कपडा र स्टेशनरी सहयोग गरेको छ । 

सत्यसाई केन्द्रका पदाधिकारी तथा सदस्यहरु गामवेसीको संरक्षण केन्द्रमै पुगेर कपडा र स्टे शनरी हस्तान्तरण गर्नुका साथै वालवालिकालाई भो जन समेत गराएका थिए । सत्यसाई केन्द्रका अध्यक्ष मेहन्दी गुरुङ र उपाध्यक्ष जनकराज कँडेल सहितको टोलीले विहानको एक छाक आफैले पकाएर तथा वेलुकाको छाक पनि व्यवस्था गरेको संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com