व्यस्तताले दीपिका ३० घण्टा बेहोस I

नयाँ दिल्ली

३० घन्टा लगातार काम गर्दा दीपिका पादुकोण बेहोस भएकी छिन्। फिल्मको सुटिङ, अवार्डको रिहर्सल र नृत्यका लागि लगातार काम गरेपछि दीपिका बेहोस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। Laptop Bag with every nagarik दीपिकाले अघिल्लो हप्ता फराह खानको फिल्म 'ह्याप्पी न्यु इयर'का लागि १६ घन्टा सुटिङ गरेकी थिइन् भने सुटिङ सकिएलगत्तै 'जि सिने अवार्ड'मा नाच्न पुगेकी थिइन्। 

त्यसभन्दा अगाडि उनले सोही नृत्यका लागि लामो समय रिहर्सल गरेकी थिइन्। आराम नै नगरी ३० घन्टा लगातार काम गरेका कारण उनी सुटिङकै क्रममा बेहोस भएकी थिइन्। बेहोसमात्र होइन उनलाई ज्वरो पनि आएको थियो। हाल दीपिकाको ज्वरो ठिक भइसकेको छ तर डाक्टरले उनलाई अझै केही दिन आराम गर्नुपर्ने सल्लाह दिएका छन्। डाक्टरको सल्लाह बमोजिम दीपिका हाल घरमै आराम गरेर बसिरहेकी छिन्।

उनी बिरामी भएपछि 'ह्याप्पी न्यु इयर'को सुटिङ प्रभावित भएको छ भने एक पत्रिकाका फोटोसुट र ब्रान्डको सुटिङ पनि प्रभावित भएको स्रोतले उल्लेख गरेका छन्। सन् २०१३ मा प्रदर्शित दीपिकाका सबै फिल्मले सय करोडभन्दा बढी कमाइ गरेपछि उनी फिल्मसँगै ब्रान्ड प्रवर्द्धनमा पनि रोजाइकी अभिनेत्री बन्न सफल भएकी छिन्। अघिल्लो साल उनको अभिनय रहेका 'रेस २', 'चेन्नई एक्सप्रेस', 'ये जवानी है दिवानी' र 'रामलिला'ले सय करोडभन्दा बढी कमाएका थिए। ती फिल्ममा दीपिकाको सुन्दरतासँगै अभिनयको समेत चर्चा गरिएको थियो। एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com