जांदाजांदै फेरी अनपेक्षीत सहयोग I

इज़रायल फेब्रुवरी १९,

नेपाल उड्नका लागि तेल अभिभको बेन गुरियन विमानस्थल आइपुगिसकेको थिएं। भुवनराज पौडेल र उनकी इजरेली श्रीमति खगित पौडेल लेभि विमानस्थलमैं टुप्लुक् आइपुगे।

मैले समान जांच गराउंदै गर्दा मलाई विदाई गर्न आएका नबराज आचार्यलाई उनले सुटुक्क भनेछन्, "तपाईंहरूको अभियानमा म रू १ लाख २५ हजार सहयोग गर्न चाहान्छु।"

सामान जांच गरेर आउने वित्तिकै नबराजजीले मलाई जांदाजांदैको खुशीको खबर सुनाए। म दंग नपर्ने कुरै भएन।

पौडेल दम्पत्तिलाई धेरैधेरै धन्यवाद - इजरेलको अभियानमा सबैभन्दा ठूलो रकम सहयोग गरेकोमा!

उनीहरूको सहयोग पनि जोड्दा इजरेलमा संकलित रकम झण्डै रु ५५ लाख पुगेको छ।

कम्तिमा रू ५ सयदेखि रू १ लाख २५ हजार सहयोग गर्ने सबै नेपालीहरूलाई जीवनभर सुखले खान पुगोस्, खुशीले दिन पुगोस् !  [ साभार : रबिन्द्र मिश्रको वाल बाट ]


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com