कविता '' प्रयोगशाला '' By, युग ''योगी '' राई



'' प्रयोगशाला ''

प्रयोगशालामा
एम बि बि एस को
नया विधार्थीहरु
कापेको हातहरुले
सिजर र ब्लेड पक्रेर
एउटा भ्यागुतोको
पेट चिरेर
आन्द्रा भुडी बाहिर निकालेर
फेरी भित्र हालेर
सिलाउछन

त्यस्तै
एउटा मरेको मान्छेको
पोस्टमास्टम गरेर
आन्द्रा भुडी
निकालेर बहित फ्याक्छन
डाक्टरहरुले
महिलाहरुको पाठेघरलाई
प्रयोगशाला बनाएका छन
टेस्टट्युब विधिबाट
प्रजनन गरि
बच्चा बनाएका छन
केमिस्टशास्त्रिहरुले
प्रयोगशालामा
नया बिउ राखेर
परिक्षण गर्छन

तर यहाँ
मेरो प्रयोगशाला
बेग्लै छ
मेरो आफ्नै प्रयोगशाला
ईट्टाको पर्खाल
सिमेन्ट रडको
छतले बनेको छैन

चाहानहरुको भित्ता
कल्पनाको छाना
भावनाको आखी झ्याल
स्वतन्त्रताको ढोकाले
बनेको छ
मेरो मनको प्रयोगशाला

यो मन नै
त्यो प्रयोगशालाको
प्रयोगकर्ता हो
तर यो मनको प्रयोगशालामा
अरुहरु आएर
मलाई नै प्रयोग गर्छन
किनकी
मेरो मनको
प्रयोगशालाको ढोका
सधै नै खुल्ला र
स्वतन्त्र हुन्छ

मेरो मनको प्रयोगशालामा
धेरै आए
भित्ताहरु टाल्छु
आखी झ्यालमा
नया पर्दा हरु फेर्छु भन्नेहरु
आए पनि
मायाका भावहरु दर्शाए पनि
मलाई प्रयोग गर्नु गरे
उल्टै माया गर्ने बिधि र
धोका दिने तरिकाहरु सिकाएर
चाहनाहरुको भित्ताहरुमा
सम्झनाका धर्साहरु कोरेर
आखी झ्यालका
पर्दा हरु चुटाएर गए
अतित बनेर

आज भोली
मेरो मनको प्रयोगशालामा
मेरो परिवार
मेरा छोराछोरी
मेरा नातेदार आफन्तहरु मात्र
हास्छन नाच्छन

मरो मनको प्रयोगशाला
बिविध विधा र क्षेत्रहरुको
प्रयोग गर्ने थलो हो

म यो प्रयोगशालामा
आफुलाई हुलेर
कहिले अभिनय गर्छु
कहिले नाटक मन्चन गर्छु
कहिले नृत्य गर्छु
कहिले गाउछु

यो भन्दा छुट्टै
वास्तबिकतामा आएर म
कहिले मेरो परिवार सित बसेर संगै
बाकी जीवन जीवन सुखले बिताउने
मिठो कल्पना गर्छु

तर आज भोलि
म मेरो मनको प्रयोगशालामा
भावनाहरु पस्कदै
बिचारहरु पोख्दै
शब्दहरु जोड्दै
कविता कोर्छु
मात्रै कविता l

युग ''योगी '' राई
उर्लाबारी -१ मोरङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com