कार्यक्रम टफ-टक with Kathmandu Police Chief- SSP Ramesh Kharel in TOUGH talk with Dil Bhusan Pathak - 88

कार्यक्रम टफ-टक : रमेश खरेल भन्छन्ः डन त नभनौ मैले गुन्डाहरु भनेको छु। मैले सवैको नाडी छामेको छु। यि डन होइनन् यि गुन्डा हुन यि अपराधी हुन्। जुनसुकै रङमा वसेपनि यि डन होइनन् ।

खरेलले भने "जो जो मानिसहरु अपारधीको सिकार भएका छन् आएर मलाई भेट्नुहोस अपराधीलाई सजाय दिलाउन दिन रात खटेर लाग्ने छु ।" "अहिले न्यालय पनि सशक्त छ। अव जनता सशक्त छन्, मिडिया सशक्त छ अव हिजोको जस्तो ३६ दिनमा जस्तो प्रहरी प्रमुख हट्दैन।"

प्रधानमन्त्रीमा सुशील कोइराला निर्वाचित भएकै दिन उहाँका स्वकीय सचिब लक्ष्मण ढकालले फोन गरेर प्रभावमा पारेको समाचार प्रति खण्डन गर्दै एसएसपी खरेलले यो विलकुलै गलत हो भन्दै आफुलाई स्वकिय सचिवले फोन नगरेको पनि प्रष्ट पारे ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com