भर्जिनिया फागुन ४,
विजय थापा : अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको दक्षिणपूर्ण नेपाली संगठन , अमेरिकाले (Nepalese Association in Southeast America (NASeA)ले समुन्द्री आधिबाट गत बर्ष ठुलो क्षति बेहोर्नु परेको फिलिपिन्सलाई अमेरिकाको एटलान्टामा रहेको फिलिपिनो-अमेरिकन संगठनका पुर्व अधक्ष्य एलसी मेदिना विदेन्सलाई (NASeA) का पूर्व अधक्ष्य राजा घलेले संस्थाको प्रतिनिधित्व गर्दै आर्थिक सहयोग स्वरुप $ एक हजार डलरको धनादेश (चेक)हस्तान्तरण गरेका छन् ।
र प्रणय दिवसको बिशेष कार्यक्रममा गत फेब्रुअरी ८ तारिखको दिन उक्त धनादेश (चेक) राजा घलेले संस्थाका वर्तमान सह -सचिब अम्बिका लोहनी शर्माको उपस्थितिमा हस्तान्तरण गरेका थिए । घलेले मन्तब्य दिदै आफ्नो संस्था सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने कुरामा कटिबद्ध छ भन्दै जानकारी गराएका थिए । फिलिपिनो -अमेरिकन समुदायले नेपालको बारेमा पुर्व अधक्ष्य राजा घले संग केहि जिज्ञाशा राखेका थिए भने नेपाल बुद्धको देश र सगरमाथा नेपालमा पर्छ भन्ने जानकारी दिदा दर्शक अचम्बित भएका थिए ।
कार्यक्रमको मुख्य नारा 'तिमिलाई समर्पण '' रहेको जानकारी राजा घलेले बताए । संस्थाका अधक्ष्य राम बराल (बिद्या वारिधि )ले फिलिपिनो समुदायलाई नेपाली समुदायले गरेको सहयोगको लागि नेपाली समुदायका सदश्यहरुलाई बिसेष धन्यबाद दिएका थिए । अधक्ष्य राम बराल भने यो आदर्श मानवीय सहयोगले संस्थाको छबिलाई उच्च बिन्दुमा पुर्याउने कुरामा बिश्वस्त रहेको बताएका थिए ।