इज़रायल (तेल अभिव) फागुन ४,
नारीदर्पण डटकम : इज़रायल मा कार्यरत नेपालीहरुले हेल्प नेपाल नेटवर्कले संचालन गरिरहेको दस करोडको परोपकारी अक्षय कोषको लागि रो पचास लाख सहयोग रकम १४ तारिक शुक्रबार एक कार्यक्रमको बीच हस्तान्तरण गर्यो।
नेपाली ले नै नेपाल लाइ केहि गर्नु पर्छ भन्ने सकारात्मक रुपमा अघि बढेको यस संस्थाले नेपालको उनन्साठ्ठी भन्दा बढी दुर्गम जिल्लाहरुमा स्वास्थ्य र शिक्षाका लागि थुप्रै कार्यहरु गर्दै आएको छ ।
नेपाली ले नै नेपाल लाइ केहि गर्नु पर्छ भन्ने सकारात्मक रुपमा अघि बढेको यस संस्थाले नेपालको उनन्साठ्ठी भन्दा बढी दुर्गम जिल्लाहरुमा स्वास्थ्य र शिक्षाका लागि थुप्रै कार्यहरु गर्दै आएको छ ।
विशुद्ध परोपकारी समाज निर्माण हेतु परिवर्तन आफै बाट हुनु पर्छ भन्ने सकारात्मकता साथ् पवित्र कार्य गर्दै आएको यस हेल्प नेपाल संस्थाले शिक्षा , स्वास्थ्य र प्राकृतिक प्रकोप आपतकालीन सहयोगहरु गर्दै आएको छ । संसारमा छरिएर रहेका नेपालीहरुले हेल्प नेपाल नेपालका लागि सहयोग रकम जुट्दै आएको छ । २६ जनाको एक टीम बनि गत सेप्टेम्बर पहिलो हप्ता बाट इज़ारायल मा पनि सहयोग जुटाउन थालिएको थियो । करिब साढे ६ महिना चलेको अभियान फेब्रुवरी १५ तारिक सम्म आइपुग्दा रु ५० लाख सनराइज बैंक मा सहयोग रकम जम्मा भैसकेको छ ।
इज़रायलमा थुप्रै सांस्कृतिक कार्यक्रमहरु र नेपाल बाट कलाकार ल्याई अनगिन्ति सांगीतिक कार्यक्रमहरु भैसकेका छन् तर गत शुक्रबार इज़ारायलको तेल अभिव शहर हार्चियोन ३ मा एउटा छुट्टै कार्यक्रम भो विशुद्ध परोपकारी कार्यक्रम । उक्त कार्यक्रम एत्यन्तै साधारण तरिकाले शोहावर तवरले सम्पन्न भो । यस परोपकारी पवित्र कार्यक्रमको प्रमुख अतिथि र सभापति इज़रायल का लागि नेपाली राज्धुत श्री प्रल्हाद कुमार प्रसाई , विशेष अतिथि हेल्प नेपाल नेटवर्क का संस्थापक (उहाँ-बिबिसी नेपाली सेवाका प्रमुख हुनुहुन्छ) श्री रबिन्द्र मिश्र साथै नेपाली राज्धुताबास बाट उपनियोग श्री खड्का प्रसाद दाहाल तथा युएन का दकत्र श्री दुर्वा कोइराला लगायत स्थानिय संघ संस्था, पत्रकार र नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुले हल खचाखच भएको थियो ।
इज़रायल मा ऐतिहासिक रुपमा यस्तो कार्यक्रम भएको उपस्थितजले बताए । हाल करिब चार हजार पाँच सय नेपाली कामदार रहेको मध्ये पुर्व इज़रायल बाट यत्ति धेरै सहयोग रकम संकलन भएकोमा यस उदाहरनिय कार्यको लागि उदार मन हरु प्रति हेल्प नेपालका अधक्ष्य मिश्रले हृदये देखि मुरी मुरी धन्यवाद व्यक्त गर्नु भयो । अहिले सम्म हेल्प नेपाल नेटवर्क ले नेपालको दुर्गम जिल्लाहरुमा ५० वटा विद्यालय ४० वटा पुस्तकालय, एक बाल आश्रम , मुगु र अच्छाम मा स्वास्थ्य चौकी को स्थापना गरि सकेको छ ।
दस करोड अक्षय कोषको लक्ष्य राखी सुरु भएको यो संस्थामा अहिले सम्म स्वदेश तथा बिदेशमा रहेका नेपाली बाट रु ४ करोड ७० लाख जम्मा भैसकेको कुरा अभियन्ता मिश्राले कार्यक्रम मा बोल्दै स्पष्ट पार्नु भयो ।
बिदेशी दाताहरुको सहयोग बिना हामी (नेपाली) हरुको मात्र विशुद्ध लगानी बाट संचालित यो पवित्र कार्य निकै प्रेरणादायी छ । यदि हामी नेपाली नेपाली मिले के असम्भव छ ? अवष्य सम्भव छ र हामी गर्न सकिन्छ भन्ने उत्प्रेरणाका साथ् १९९९ मा एक पाउण्डबाट स्थापित हेल्प नेपाल नेवोर्क ले हाल सम्म ४ करोड ७० लाख सहयोग जम्मा भैसकेको र अब इज़रायलको ५० लाख जोड्दा ५ करोड २० लाख हुने हस्तान्तरित कार्यक्रम मा बोल्दै मिश्राले भन्नु भयो । सहयोगी हरेक मनकारी मनलाई सहयोगको लागि धन्यवाद तथा आभार व्यक्त गर्दै प्रोत्साहित तथा प्रसंसा सहित सय डलर देखि माथि सहयोग गर्नुहुने लाइ संस्थापक अध्यक्ष मिश्रको हात बाट प्रमाण पत्र प्रदान गरियो । कार्यक्रमको मध्यस्तरमा देवकी ढकालले मन्जुश्री नृत्य प्रस्तुत गर्नु भएको थियो ।
दस करोड अक्षय कोषको लागि गठित हेल्प नेपाल नेटवर्क सहयोग अभियन इन इज़रायल टीमले आगामी दिनमा पनि निरन्तरता दिने जनाए । र, अझै इज़रायल मा कार्यरत नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुलाई निरन्तर सहयोगको साथ् र हात दिन आग्रह गर्नु भयो । शुक्रबार साँझ निर्धारित समय भन्दा केहि ढिला सुरुभएको पविता परोपकारी कार्यक्रममा पानी, जुस र कुकिजको पनि व्यबस्था गरिएको थियो । निकै उत्साहजनक रहेको उक्त कार्यक्रमको संचालन हेल्प नेपाल नेट्वोर्क इन इज़रायल अभियानकै अभियान कर्ता पुष्प श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य सुनिता (यासिन) राईले दिनु भएको थियो ।
इज़रायलमा सुसारे (Care Giver) काममा अभ्यस्त नेपालीहरु बाट यत्ति राम्रो पवित्र परोपकारी कार्य भएकोमा इज़रायलका लागि नेपाली राज्धुत श्री प्रल्हाद कुमार प्रसाई ले कार्यक्रमको समापन गर्दै सहयोगी मनकारी मनहरु प्रति खुलेर धन्यवाद तथा प्रसंसा गर्नु भयो ।


