पेटमा चुर्ना परेको छ भने १ चम्चा बेसारको धूलो बिहान खाली पेटमा ताजा पानीका साथमा खानुपर्छ।
नियमित रूपमा एक सातासम्म यो उपाय अवलम्बन गरे पेटका चुर्ना नष्ट हुन्छन्। यो मिश्रणमा थोरै नुन पनि मिसाउन सकिन्छ।
अनुहारको दाग-धब्बा तथा चायाँ हटाउन बेसार तथा कालो तिललाई बराबर मात्रामा मिसाएर पेस्ट बनाई लगाउन सकिन्छ। बेसार तथा दूधको पेस्ट अनुहारमा लगाउँदा छालाको रंगमा निखार आएर अनुहार चम्किलो देखिन्छ।