डिसी ल्होछार राजु लामाले घन्काए I

माघ २१  ,भर्जिनिया

विजय थापा : डिसी महानगर क्षेत्रमा स्थापना भएको बृहत् वाशिंगटन तामांग समाजको आयोजनामा तामाङ समुदायको नयाँ वर्ष २८५० औँ ‘सोनाम लोछार’  भव्यताको साथ मनाईएको छ । लो’को अर्थ वर्ष तथा ‘छार’ को अर्थ नयाँ वर्ष हो । उक्त अवसरमा भेला भएका तामांग समुदायले एक आपसमा शुभकामना आदान प्रदान तथा खुसियाली साटासाट गर्नुका साथै विभिन्न सांस्कृतिक  वेशभूषासहितको कार्यक्रम उत्साहजनक हुन पुगेको थियो ।

उक्त ल्होछार पर्वलाई हौसला प्रदान गर्न  न्युयोर्कबाट डिसी आई पुगेका मंगोलियन हर्टका राजु लामाको प्रख्यात गीतले दर्शकहरुले मन थाम्नै सकेनन र  उनको गीत संगै कार्यक्रम स्थल नृत्यमय हुन पुगेको थियो ।  केहि बर्ष अगाडी नै डिसी ल्होछारमा राजु लामाले प्रस्तुति देखाई सकेका थिए।

प्रारम्भिक चरणमा औपचारिकताबाट सुरुवात भएता पनि बिभिन्न कार्यक्रमहरु गरिएको उक्त उत्सबमा बिभिन्न राज्यबाट अतिथिहरुको सहभागिता रहेको थियो । बिगत केहि दिन देखि सुन्य तापक्रम भन्दा निक्कै पनि मुनि मौसम पुगेता पनि आफ्ना प्यारा र आदर्श कलाकारलाई भेट्न र सांगीतिक कार्यक्रममा सरिक हुन् पर्वाह नगरी अन्त्य सम्म साथ दिएका थिए ।

वरिष्ठ लोक गायक प्रेम राजा महत ,वरिष्ठ गायिका मिरा राणा ,प्रख्यात गायक तथा गीतकार संजोक लामा ,नेपाली चलचित्रका कलाकार तथा निर्माता अमृत लामा ,अमेरिकामा बसोबास गरि रहेका नव प्रतिभाशालि गायक श्याम सुन्दर आचार्य ,सागर मोक्तान तथा स्थानीय कलाकारहरुको गीत ,नृत्य ,तामांग सेलो र बिभिन्न प्रस्तुतिले वातावरण निक्कै मनोरंजनपूर्ण हुन् पुगेको थियो । र सांस्कृतिक साँझ सगै डिजे कार्यक्रमको निरन्तरता पछि मध्य रातमा सम्म कार्यक्रम चलेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com