स्कटल्याण्टमा नेपाली युवाले खोलेको संस्थाद्वारा चेपाङ वालवालिकालाई सहयोग I

 चितवन  माघ २१,

होमनाथ सापकोटा : वैदेशिक रोगजारीको सिलसिलामा स्कटल्याण्डमा कार्यर त नेपालका युवाहरुले खोलेको संस्था अर्गनाइजेशन फर नेप्लीज कल्चर एण्ड वेलफेयरले गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई आज विद्यालय पोसाक र आर्थिक सहयोग गरेको छ । 

सो संस्थाले केन्द्रमा आश्रित ५५ जना चेपाङ वालवालिकालाई एक एक जोर विद्यालय पोसाक र खाजाको लागि ५ हजार रुपैया सहयो ग गरेको हो । अर्गनाइजेशन फर नेप्लीज कल्चर एण्ड वेलफेयरका अध्यक्ष दिपेश रेग्मी,सचिव प्र काश अर्याल र कोषाध्यक्ष निश्चल कार्कीका परिवारहरु र त्ननगर–१३ जयमंगलामा रहेको संरक्षण केन्द्रमै पुगेर विद्यालय पोसाक र आर्थिक सहयोग अस्तान्तरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष दिपेश रे ग्मीका बुवा भैरव रेग्मी र सचिव प्रकाश अर्यालका वुबा धर्मराज अर्यालले चेपाङ वालवालिकाको थप सहयोगको लागि विदेशमा रहेका आप्mना छोराहरुलाई आग्रह गर्ने बताउनुभयो । 

संस्थाका कोषाध्यक्ष निश्चल कार्कीका बुवा दैनिक बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षण केन्द्रका अध्यक्ष के पिकिरण शर्माले सहयोगी मन भएका महानुभावहरुको सहयोगले चेपाङ वालवालिका लाई आवासीय सुविधा सहित अध्ययन गर्न सकेको भन्दै स्कटल्याण्डमा रहेका ने पालीहरुले खोलेको संस्थावाट भएको सहयोगले र ाहात मिलेको बताउनुभयो । केन्द्रमा चितवन र मकवानपुरको पहाडी गाविसका ८ जना अपाङग सहित ५५ जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन । अर्काको घर भाडामा लिएर वालवालिका राखेको केन्द्रकाको भवन निर्माणको लागि आर्थिक अभाव रहेको केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com