डिसीमा जासुसी उपन्यासकार निरोलाका ‘लजाएका परेलीहरु'' विमोचित’ I

चितवन  माघ २१,

विजय थापा : डिसी महानगर क्षेत्रमा दुई दशक भन्दा बढी समय देखि बसोबास गर्दै आएका,विसं २०२६-२०२९ को समयमा ११ जासुसी उपन्यास प्रकाशित गर्न सफल भएका उपन्यासकार तथा कवि शरद निरोला द्वारा लिखित'लजाएका परेलीहरु' कविता संग्रह एक भब्य कार्यक्रम बिच विमोचित गरिएको छ 

मुख्य अतिथि तथा अमेरिकाका लागि कार्यबाहक राजदूत श्री ऋषि राम घिमिरेले उक्त कविता संग्रह पुस्तक विमोचित गर्दै आयोजक खसखस डटकम (साहित्यिक बिधुतिय संजाल )लाई धन्यबाद दिदै केहि कबिताहरु मार्मिक र संदेश मुलक रहेको आफुले पाएको भन्दै कविताहरु राष्ट्रियता र राष्ट्र प्रेमले भरिएको लागेको बताए 

जासुसी उपन्यासकार शरद् निरोलाले उनका कविता संग्रह पुस्तक बारे समिक्षा गर्ने क्रममा उपन्यासकार बाट अमेरिकामा आई उदाउदो कवि हुनु भएका भन्ने सवालमा प्रस्ट पर्दै आफु पहिला कबि भएको भन्दै ८ कक्षामा अध्ययन गर्दा भारतमा पश्चिम बङ्गालमा पहिलो पटक आफ्नो कविता छापिएको चर्चा गरेका थिए । उपन्यासकार बन्ने प्रेरणाका श्रोत मामाले जहिले पनि हिन्दी जासुसी उपन्यास पढेको देखेर १० कक्षाको परीक्षा पछि पहाडबाट तराई झरे देखि दिनमा १० वटा जति जासुसी उपन्यास पढेको र यसरी आफु जासुसी उपन्यासकार बन्न पुगेको चर्चा गरे  निरोलाले आफुले जेम्स बोन्ड प्रकारका जासुसी उपन्यास लेखेको बताएका थिए 

लजाएका परेलीहरु' कविता संग्रह हालसालै प्रकाशित भएको छ भने उक्त कविता संग्रह पुस्तक डिसी महानगर क्षेत्रमा लामो समय देखि संचालनमा रहेको साहित्यिक बिधुतिय संजाल खसखस डट कम प्रकाशक रहेको छ  उक्त साहित्यिक संजालबाट पहिलो आपको रुख र दोश्रो लजाएका परेलीहरु प्रकाशन भएको जानकारी संचालक तथा साहित्यकार बासु श्रेष्ठले गराए 

सो कृतिमा वरिष्ठ समालोचक तथा साहित्यकार डा. तारानाथ शर्माले नया संदेश साप्ताहिकमा हिरण्य कशिपु भएर निक्कै रमाईला हास्य व्यंग्यात्मक टिप्पणीहरु युक्त लेखहरु लेखि पाठकहरुको मन तान्न सफल शरद् निरोला अति नै सरस ,सरल र चित्ताकर्षक भाषामा जासुसी उपन्यासहरु लेख्दा लेख्दै एक्कासी मातृभूमिलाई चटक्कै छाडेर पातालतिर भासिई हाम्रो साहित्यबाट बिलाउदा हामीलाई नियास्रो लागेको बताएका छन् 

उक्त कविता संग्रह बारेमा बोल्दै साहित्यकार बसन्त श्रेष्ठले भाषा र साहित्य प्रति निरोलाको समर्पणताको प्रसंशा गर्दै उपन्यासकारबाट किन निरोलाले कबितामा हात चलाउनु पर्यो भन्दै त्यसको जवाफ आफुले दिदै कवितामा आत्मियता हुन्छ भन्दै कविताले जागरण ल्याउने बताए  अर्का समालोचक कबि तथा पत्रकार गोविन्द गिरि प्रेरणाले कविताहरु पठनीय भए मात्र दिर्घजीवि हुने समिक्षा गर्दै निरोलाका कवितामा कडा शब्द प्रयोग गरिएको बताए  अर्का समालोचक पत्रकार गुणराज लुईटेलले निरोलाका कविताहरु दार्शनिक भावना झल्किएको उल्लेख गर्दै प्रगतिवादका अक्षर कतै न झुल्किएको बताए 

उक्त कविता संग्रहमा ४२ वटा कविताहरु रहेका छन  उपन्यासकार तथा कवि शरद निरोला द्वारा लेखिएका प्रसिद्ध जासुसी उपन्यासहरु ,सुलसुले पस्दा(पहिलो ),फ़ुश्रे तारा ,नर्कदुत तथा बिदेशी गुप्तचर आदी गरि कूल ११ वटा प्रकाशित गरेको जानकारी दिए  कबि तथा उपन्यासकार निरोला अध्यापन पेसामा संलग्नता रही सकेका र रासस ,नेपाल टेलिभिजन तथा केहि पत्रिकामा सम्पादनको भूमिका निर्वाह गरी सकेका छन् 

कार्यक्रममा स्वागत मन्तब्य मंजु निरोलाले गरेकी थिइन भने कार्यक्रम संचालन तथा धन्यबाद ज्ञापन कबि ,साहित्यकार तथा खसखस डटकम साहित्यिक बिधुतिय संजालका संचालक बासु श्रेष्ठले गरेका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com