कविता "न देओ शुभ कामना र सुभेक्षा"




"न देओ शुभ कामना र सुभेक्षा"

नदेओ कसैले शुभ कामना  र सुभेक्षाहरु 
नदेओ कसैले आशीस र आशाहरु 
आउछन जान्छन बसन्त र शिशिर बर्षै पिच्छे 
चाडबाड र नयाँ बर्षहरु 
युगौ देखि
शदिऔ देखि 
अनि मैले जिएको दशकौ देखि 
यस्ता चाडबाड र नयाँ बर्षहरु 
आएका छन र गएका छन,……………

उहिल्यै देखि थापी आएकी छु,
सिरोपर गरि जीएकी छु 
बाजे बराजु र बुजुर्गका आशीस र शुभ कामना, 
आशै आशमा जेलिएका मिठा शब्दका उपहारहरु 
सुनिरहू जस्तो,

ज्ञानी हुनु
बुद्धिमानी हुनु
कसैको अगाडी झुक्न नपरोस
नुहाउदा केस नझरोस 
हिड्दा ठेस नलागोस
धन सम्पतीले भण्डार भरियोस 
कसैले कुभलो नचिताओस……………क्रमश:

आज यतिका दिन सम्म यी आशिसका अनुभुती गर्न सकिन हो!यो सत्ये हो,…………
जब मैले हलो कोदालो छोईन,
अन्न फलेन
जब मैले कुर्कुच्चा फुटाई लेक बेंसी गरिन,
नुन तेल पाईन 
जब आध्यारो भनी पानी पँधेरो गरिन, 
तिर्खा मेटिएन 
जब अर्म पर्म गरिन,
आफन्त र समाज पाईन 
जब भकारो र मल बोकिन,
माटो मलिन भएन,……

त्यसैले,
समयले बाँच्न सिकाउछ,
आवस्यक्ताले कर्मसील बनाउछ 
साहसले बिजयी बनाउछ 
आफुले आफुलाई बनाउने हो 
न कि आशिस र सुभेक्षा ले,
भनेर
उ बेला हाम्रा बुजुर्गले हाम्लाई सिकाको भए
आज अस्ति नै भई सक्थ्यो 
यो बर्ष दशक पहिले नै भई सक्थ्यो,
कारण,
चेतनसील व्यक्तिले भाग्यको आश गर्दैन,
भाग्यमानी त्यो हो,
जसले आफ्नो भाग्य आफै कोर्छ,………

अनि भन्न मन लाग्छ,……
नदेओ कसैले शुभ कामना  र सुभेक्षाहरु 
नदेओ कसैले आशीस र आशाहरु 
आउछन जान्छन बसन्त र शिशिर बर्षै पिच्छे 
चाडबाड र नयाँ बर्षहरु 
युगौ देखि
शदिऔ देखि 
अनि मैले जिएको दशकौ देखि 
यस्ता चाडबाड र नयाँ बर्षहरु 
आएका छन र गएका छन,……………

कल्पना राई "खुशी"
दोलाख नेपाल 
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com