भलिवलको उपाधि शमशेर दल गढले जित्यो I

पटिहानी १६ फागुन

शिशिर सिंखडा : पद्मोदय युवा क्लव पटिहानीले आयोजना गरेको जिल्ला स्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगिताको उपाधि शमशेर दल गढ भरतपुरले जितेको छ । आज भएको फाईनल खेलमा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रको टिमलाई २५–११,२५–१२ र २६–२४ अंकको सो झो सेटमा पछि पार्दै शमशेर दल गढ भरतपुरले उपाधि जितेको हो । 

प्रतियोगितामा पहिलो हुने शमशेर दल गढले नगद ३० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र र र द्धितीय हुने मध्य क्षेत्र प्रहरी तालिम केन्द्रले २० हजार रुपैया सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा मध्य क्षेत्र प्रहरी तालिम केन्द्रका घनश्याम चौधरी उत्कृष्ट खेलाडी तथा शिवनगर जागरण मञ्च अनुसाशित टिक घोषिता भएको आयोजक क्लवका अध्यक्ष रामहरि सेढाईले जानकारी दिनुभयो । समापन कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी विमल सिंह ठकुरीले विजेता र उपविजेता टिमलाई पुरस्कार तथा प्र माणपत्र प्रदान गर्नुभएको थियो । 

पद्मोदय युवा क्लवका अध्यक्ष रामहरि सेढाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्याल सचिव रामजी ढकाल, शमशेर दल गढ भरतपुर सहसे नानी विदुरध्वज अधिकारी, इलाका प्रहरी कार्यालय गितानागरका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेत,क्लवका सचिव कुशल पौडेल लगायतले वोल्नुभएको थियो । तीन दिन सम्म चलेको सो प्रतियोगितामा जिल्लाका १६ वटा समुहले सहभागिता जनाएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com