अन्तक्र्रियासँगै जैविक विषादी प्रविधि सिक्दै किसान I

 चैनपुर, चितवन फागुन १६, 

अनन्तप्रकाश सुवेदी : चैनपुर स्थित आदर्श टोलका किसानहरुले शुक्रवार नेपाल जनस्वास्थ्य प्र तिष्ठानले आयोजना गरेको अन्तक्र्रिया तथा जैविक विषादी बनाउने प्र विधि सिकने तालिममा सहभागि जनाए । परियोजनाका कृषि विज्ञ सुन्दर तिवार ीद्वारा सहजिकरण गरिएको सो अन्तक्र्रिया तथा तालिममा आदर्श टोलका कृषकहरु उत्साहित रुपमा सहभागी भएका थिए । 

अन्तक्र्रिया कार्यक्रममा कृषि विज्ञ सुन्दर तिवारीले विषादीले शत्रु जीवसँगै मित्र जीव पनि नष्ट गरेको, मल कुहाउने सुक्ष्म जीव पनि नष्ट गरेको र मानव स्वास्थ्यमा गम्भिर असर गरेकाले सो को प्रयोग घटाउँदै जानु पर्नेमा जोड दिनुभयो । सो अन्तक्र्रियामा स्थानिय कृषक सावित्रि चौधरीले गभारो नियन्त्रणमा हाल पूर्व चितवनमा व्यापक प्रयोग भएको ट्रोजन नामक विषादी जैविक हो वा रसायनिक हो भनेर जिल्ला कृषि विकास कार्यलयले पनि बताउन नसकेकाले किसानहरु द्विविधामा रहेको जानकारी दिनुभयो । 

सो अवसरमा विषादी छर्दा ध्यान दिनुपर्ने सावधानि बारेमा छलफल गर्दै पहिरिनुपर्ने मास्क, चस्मा, पञ्जा र लुगा पनि प्रदर्शनि गरि एको थियो । सो पश्चात जैविक विषादी तालिम उपसमुह बनाइ सम्पन्न भयो । रसायनिक विषादीको उच्च प्रयोगलाई न्युनिकरण गर्न विकल्पको रुपमा निकै भरपर्दाे, सस्तो, प्रभावकारी र मानव स्वास्थ्य अनुकुल भएकाले नेपाल जनस्वास्थ्य प्रतिष्ठानले यसलाई प्रचार गरेको भन्दै प्रयोगात्मक रु पमा पिरो, अमिलो, टर्राे र तितो विभिन्न जडिबुटि र गहुँत मिसाएर जैविक विषादी बनाउने तालिम दिइयो । यस्ता तालिम दिँदै किसानको नजिकमा रहेर तीन वर्ष जनस्वास्थ्यमा काम गर्ने प्रतिवद्धता नेपाल जनस्वास्थ्य प्र तिष्ठानका कृषि विज्ञ सुन्दर तिवारीले गर्नुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com