माघ २१ चितवन
शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानी–१ स्थित शुभकामना महिला समुहको सक्रियतामा
निर्माण गरिएको शिवपाञ्चायन मन्दिरको आज उद्घाटन गरिएको छ । नेपाल
परिवार दलका केन्द्रिय अध्यक्ष एवम् सभासद् एकनाथ ढकालले एक समारोहका
बीच मन्दिरको उद्घाटन गर्नु भएको हो ।
स्थानीय खड्क बहादुर र चोकबहादुर थापाले करिव ५ लाख रुपैया पर्ने जग्गा
मन्दिर निर्माणको लागि सहयोग गर्नुभएको थियो । मन्दिर निर्माणको
लागि ७ लाख रुपैया खर्च भएको कोषाध्यक्ष नवराज दुवाडीले जानकारी
दिनुभयो । मन्दिर निर्माण समितिका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा
भएको कार्यक्रममा सचिव नन्दलाल लामिछानेले मन्दिरको आयव्यय विवरण
प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल काँग्रेस जुटपानीका सभापति
कृष्ण बहादुर घिमिरे,नेकपा एमालेका क्षेत्रीय सदस्य दिपक लामिछाने,एनेकपा
माओवादी जुटपानीका अध्यक्ष नरबहादुर जिसी लगायतले मन्तब्य व्यक्त
गर्नुभएको थियो । समितिका उपाध्यक्ष गोपी लामिछानेले स्वागत मन्तब्य
व्यक्त गर्नुभएको सो कार्यक्रममा स्थानीयवासीहरुले विभिन्न देवीदे
वताका मुर्ति एवम् बाजागाजा सहित गाउँ परिक्रमा गरी मन्दिरमा मुर्ति प्र
तिस्थापन समेत गरेका थिए ।
कार्यक्रममा स्थानीय महिला समुह एवम् भजन
मण्डलीले गीत संगीत,चुडका,दोहोरी गीत समेत प्रस्तुत गरेका थिए ।
यसैबीच नव निर्वाचित सभासद् एकनाथ ढकाललाई मिलीजुली आमा समुह
जुटपानी–१ ले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ । कार्यक्रममा
बोल्दै सभाषद ढकालले संविधान निर्माण र देश विकासको लागि आफु र
आफनो दल प्रतिवद्ध रहेको बताउदै देशको निकासको लागि सबै दल एक
जुटहुनुपर्ने बताउनुभयो ।
आमा समुहकी अध्यक्ष सुभदं्रा दाहालको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जुटपानी अध्यक्ष केशव लामा,ने
पाली काँग्रस जुटपानीका गणेश तिवारी,आमा समुहकी सदस्य कमला पौडेल
लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।