गजल :
अधिकार त्यो जमाउँदैमा नहोला ठूलै गजलकार
चटके छोरोले बाबुलाई दैखाउँदैछ आज चमत्कार
बाबुभन्दा छोरो जान्ने तिम्रो त्यो अहँकार
घमण्डपना त्यो पुरानो फेर्नु पर्नेछ संस्कार
मतियारहरू केही पालेर सभाकक्षमा त्यो चलखेल
ताली पड्काउने सपना त्यागे हुन्छ विचार
साहित्य भित्र दुषित एउटा खेल खेल्दैछौ
रणनीति मान्नु पर्दछ हजुरलाई मेरो नमस्कार ।
मानन्धर अभागी ।