गजल By, सोम कृष्ण श्रेष्ठ


गजल

बलेँसीको पानी सरि आँशु मेरो झर्दा खेरी
भयो त्यहाँ ताल सरि गह मेरो भर्दा खेरी

न सक्थें म पौडि जान न मान्यो ऊ साथ लान
रोएँ एक्लै खोला वारी उनि पारी तर्दा खेरी

पाइ मैले घातै घात छट्पटिन्छु हरेक रात
बेहाल पो भएँ म त उन्को लागि मर्दा खेरी

चोट दियो जानी जानी बचनको तिर हानी
खपि सक्नु भएन त्यो मुटु चिरा पर्दा खेरी

मेरो आधा अंग ठान्थे यीआँखाका नानी मान्थे
खै कसरी सहुँ आज सिउँदो अन्तै भर्दा खेरी

बलेँसीको पानी सरि आँशु मेरो झर्दा खेरी
भयो त्यहाँ ताल सरि गह मेरो भर्दा खेरी

सोम कृष्ण श्रेष्ठ
भिनपा २, दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com