गीत By, कृष्णकला वनेम


**गीत **

पाउँने भए जुनी जुनी तिम्रै साथ माग्थे
आँखा भित्र लुकाएर परेलीले छोपी राख्थे

चमेली झै सुवास छर्थे
पिरतीको जता तता
लेखी राख्थे अजम्बरी
हाम्रो मिठो प्रेम कथा
देवि देउता भन्ज्याङ् पाखा सबै सबै भाक्थे
मुटु भित्र लुकाएर यो छातीले छोपी राख्थे

रंगीन हुन्थ्यो तिमी आए
मनको गाउँ शहरहरु
पुरा हुन्थ्यो जिन्दगीको
सबै खुशी रहरहरु
आकाश पातल साक्षी राखी चोखो माया गर्थे
अंगालोमा लुकाएर छायाँ बनी छोपी राख्थे

कृष्णकला वनेम
तेर्हथुम छातेढुङ्गा ३ फुङ्नाम् आठराई
हाल: ईजरायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com